यूनाइटेड अजोड इन्स्योरेन्स हुम्लाद्वारा पहिलो पटक किसानलाई दाबी भुक्तानी

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड उपशाखा हुम्लाले पहिलो पटक यहाँका तीन जना पशुपालक किसानलाई दाबी भुक्तानी गरेको छ । लिमिटेड उपशाखा हुम्लाले बिहिबार सिमकोट गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष गोर्ख लामा र वडा नम्बर तीनका वडाध्यक्ष पामा लामाबाट मृतक गाइगोरु पशुपालक तीन जना किसानलाई चेक हस्तान्तरण गरिएको हो ।

यूनाइटेड अजोड इन्स्योरेन्सले सिमकोट गाउँपालिका-१ का जंगबहादुर लामालाई ३६ हजार र गुर्मु यन्छोक लामालाई ५४ हजारको उक्त रकम वरावरको चेक हस्तान्तरण गरिएको सोही इन्स्योरेन्स उपशाखा हुम्लाका प्रमुख विनिता बुढाले बताउनुभयो । यस्तै वडा नम्बर तीन बरगाउँका धाडोल लामालाई चार हजार पाँच सय वरावरको रकम भुक्तानी चेक हस्तान्तरण गरिएको उपशाखा हुम्लाका प्रमुख बुढाले जानकारी दिनुभयो ।

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड उपशाखा हुम्लामा हालसम्म ९४ जना किसानका ६ सय गाइगोरुको बीमा गरिएको प्रमुख बुढाको भनाई छ । सोही मध्येका तीन जनाले पशुवस्तुको मृत्यु भएको भनी दिएको निवेदनका आधारमा १४ दिन भित्रै दाबी भुक्तानी इन्स्योरेन्सले चेक हस्तान्तरण गरेको हो । पशुपालक किसानले सहजै भुक्तानी पाउँदा उक्त इन्स्योरेन्सलाई खुसी व्यक्त समेत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?