
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेष्ट इण्डिजमा जारी विश्वकप पुरुष टी-२० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्णरूपले केन्द्रित गर्न/गराउन ध्यानाकर्षण गराएको छ । प्रशिक्षणमा व्यस्त हुनुपर्ने खेलाडी विभिन्न स्थानमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा सहभागी भएको पाइएपछि राखेपले क्यानको ध्यानाकर्षण गराएको हो । ‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पूर्णरूपले केन्द्रित भई उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षणलगायत कार्यहरू गर्नुपर्ने समयमा नेपाली समाजको नाममा विभिन्न स्थानमा प्रतियोगिताको सम्मुख आयोजना भएका ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा राष्ट्रिय टिमका खेलाडीहरूलाई सहभागी गराउनाले टिमको व्यावसायिक स्तरको विषयमा चासोका सन्दर्भमा राखेपको गम्भीर ध्याकर्षण भएको छ,’ राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले क्यानलाई पठाएको पत्रमा भनिएको छ ।
राखेपले अन्य व्यक्ति तथा संस्थाले आयोजना गर्ने कुनै पनि खालका कार्यक्रममा सहभागी नहुन÷नगराउन तथा आफ्नो खेलमा पूर्णरूपमा केन्द्रित भई आवश्यक कार्यका लागि क्यानलाई निर्देशन दिएको छ । नेपाली क्रिकेटको इतिहासमा दोस्रोपटक सहभागी भएको नेपाली क्रिकेट टिमलाई जारी प्रतियोगितामा उच्च खेल प्रदर्शनका लागि राखेपले शुभकामना व्यक्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच