कान उपचार शिविरमा दुई सय बढीलाई सेवा

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर १२, टक्सारको पुरानो डवलीमा संचालन भएको दुई दिने कान जाँच शिविरमा दुई सय बढीले सेवा पाएका छन् । आँखाकासँगै भोजपुरमा कानका बिरामीहरुको लागि पनि दुई दिने कान उपचार शिविरको आयोजना गरिएको हाे  ।

नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुर, लहान आँखा उपचार केन्द्र र बिराटनगर आँखा अस्पतालको संयुक्त आयोजनामा आँखा तथा कान उपचार केन्द्र भोजपुरमा शिविर संचालन भएको थियो । शिविरमादुई सय ३५ जनाले जाँच गराएका थिए । १६ जनाको शल्यक्रिया गर्नु पर्ने भएकाले विराटनगर रेफर गरिएको नाक कान तथा घाँटीरोग विशेषज्ञ डाक्टर रविन आचार्यले जानकारी दिनुभयो ।

शिविरमा  १९ जनालाई ५० प्रतिशत छुटमा श्रवण यन्त्र दिईएको नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले बताउनुभयो । यस्तै एक सय ९७जनालाई निशुल्क औषधी वितरण गरिएको प्रमुख तामाङले बताउनुभयो । स्थानीय स्तरमा नै कान जाँच गर्न पाउँदा स्थानीयमासमेत खुसी छाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?