
झापा । छैटौं संस्करणको अन्तर्राष्ट्रिय राजवंशी सांस्कृतिक, पर्यटन तथा चलचित्र महोत्सव सम्पन्न भएको छ । भारतका विभिन्न स्थानमा विगत पाँच वर्षदेखि अन्तर्राष्ट्रिय राजवंशी सांस्कृतिक, पर्यटन तथा चलचित्र महोत्सव हुँदै आएकोमा यसवर्ष झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा महोत्सव गरिएको हो ।
राजवंशी समुदायको समृद्ध सांस्कृतिक सम्पदालाई संरक्षण, पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा राजवंशी समुदायमा लोकप्रिय र चर्चित उत्कृष्ट चलचित्र, निर्माता, निर्देशक, कलाकारलगायतलाई अवार्ड प्रदान तथा सम्मान गरिएको छ ।
उत्कृष्ट चलचित्र निर्देशक, चलचित्रसहित विभिन्न विधामा अवार्डहरू वितरण गरिएको थियो । कार्यक्रममा उत्कृष्ट पपुलर चलचित्रको अवार्ड ‘बिदेशी हावा’ले हात पारेको छ । सो चलचित्रबाट सन्देश सहनिले अवार्ड प्राप्त गर्नुभयो । यस्तै, उत्कृष्ट निर्देशकमा ‘सनार पिन्जरा’का तर्फबाट धीरु रोय, उत्कृष्ट अभिनेतामा ‘देवसरी’ चलचित्रका मनोरथ मानव, उत्कृष्ट अभिनेत्री ‘सनार पिञ्जरा’, उत्कृष्ट सिनेमाटोग्राफीमा ‘आन्धार जवन’, उत्कृष्ट चलचित्र सम्पादन ‘मोनेर मान्सी’का निरेन रोय, उत्कृष्ट कला निर्देशक ‘देवसरी’, उत्कृष्ट खलनायक ‘मावेर आर्शिवाद’बाट पुकार भट्टराई, उत्कृष्ट स्कृप्टमा ‘सनार पिञ्जार’बाट धीरु रोय, उत्कृष्ट चलचित्र ‘देवसरी’ र उत्कृष्ट सर्पोटिङ काष्टमा ‘तहरे यादत’ले अवार्ड जित्नुभयो । यस्तै, उत्कृष्ट नाटक ‘हु आर यू’, ‘डाइलग होथट’ सञ्जीव बर्मा, क्रिएटिभ कन्सेप्ट ‘गोछिपूर्ण’लाई अवार्ड दिइएको छ ।
निर्देशक पुकार भट्टराई, आसामका निर्देशक निलिमोई प्रोधानी, डेभिड राय, मिस कोच विजेता हेरोलिन कोच, नायिका प्रतिमा सिंह, गायिका साक्षी राय, गायिका देवजनी सिल, देशी ढोलगुरु धनन्जय राय, उत्तरदिनाजपुर भारतका महलाल सिंह, लेखक अरूप ज्योति दास र नायक प्रदीपकुमार रायले उत्कृष्ट नायक अवार्ड प्राप्त गर्नुभयो ।
कोच राजवंशी सांस्कृति संरक्षण तथा प्रवद्र्धन केन्द्र र राजवंशी विकास समिति नेपालको संयुक्त आयोजनामा गत जेठ २६ र २७ गते गरिएको कार्यक्रममा संस्कृति झल्किने ग्वालिनी, हुदुमलगायत नाच, देशी ढोललगायत प्रस्तुति रहेको थियो । यस्तै, गायिक साक्षी रोय, पिंकी राजवंशीलगायत कलाकारले गीतमार्फत मनोरञ्जन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता कोच राजवंशी सांस्कृति संरक्षण तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष प्रेमप्रसाद राजवंशीले गर्नुभएको थियो । साथै प्रमुख अतिथीमा राजवंशी डेभलपमेन्ट एण्ड कल्चरल बोर्डका अध्यक्ष बंशीबदन बर्मन रहनुभएको थियो । सो अवसरमा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले राजवंशी समुदायको समृद्ध, सांस्कृतिक सम्पदालाई मनाउने, संरक्षण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र नेपाल र नेपाल बाहिरका चलचित्र निर्माता र कलाकारहरूको कलात्मक प्रतिभा प्रदर्शन गर्ने वार्षिक महोत्सव भएको बताउनुभयो ।
महोत्सवले नेपाल र भारतका विभिन्न स्थानमा बसोवास गर्दै आएका कोच राजवंशीहरूको भाषा, धर्म, संस्कृतिका साथै पूर्वजहरू एउटै थिए भन्ने सन्देश यस महोत्सवले दिएको उहाँको जिकिर थियो ।
कार्यक्रममा विभिन्न समुदायका बुद्धिजीवी, समाजसेवी, सरोकारवालालाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा ताजपुरिया समाज कल्याण परिषद्का केन्द्रीय अध्यक्ष पूर्णलाल ताजपुरियाले राजवंशी समुदायको संस्कृति संरक्षण एवं जगेर्ना गर्ने खालका यस्ता कार्यक्रमहरूले चलचित्र निर्माता, कलाकारहरूको प्रतिभा प्रस्फुटन हुनुका साथै अन्य समुदायको भाषा, संस्कृति जर्गेना गर्न हौसला मिल्ने बताउनुभयो । उहाँले ताजपुरिया र राजवंशी समुदायका भाषा, संस्कार, देवीदेवतासमेत मिल्दोजुल्दो हुनुले पनि यी दुई समुदायबीचको सम्बन्ध भाइभाइको रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच