बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाका पाठ्यक्रम पनि पढाइने

हिमालय टाइम्स
Read Time = 2 mins

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ । थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म अध्यापन हुने जनाइएको छ ।

पाठ्यक्रमले बालबालिकाका लागि मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने अपेक्षा गरिएको छ । थारू भाषालाई दिगो बनाई थप फराकिलो बनाउँदै थारू भाषाको संरक्षण, प्रवर्द्धन र विकासमा टेवा पुर्‍याउनेलगायत उद्देश्यले अध्यापन गराउन लागिएको जनाइएको छ ।

यसअघि पनि नगरपालिकाका केही विद्यालय थारु भाषामा पठनपाठन सुरु गरेपछि निरन्तरता पाउन सकेको थिएन । यसअघिको पाठ्यक्रममा देखिएको कमजोरीलाई सुधार गरी नयाँ पाठ्यक्रम तयार पारिएको नगरप्रमुख छविलाल थारुले बताउनुभयो । उहाँले पहिलो चरणमा कक्षा १ देखि ३ सम्म र दोस्रो चरणमा कक्षा ८ सम्म पाठ्यक्रम अध्यापन गराउने तयारी छ ।

बारबर्दिया नगरपालिकामा ९५ प्रतिशत विद्यार्थी थारु भाषा बोल्न जान्ने भएकाले उनीहरुलाई पठनपाठन गराउन सजिलो हुने नगरपालिकाका उपप्रमुख रत्नकुमारी पाण्डेले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?