
काठमाडौं । आइसिसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा न्युजिल्याण्डले पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेको छ । सोमबार राती सम्पन्न खेलमा न्युजिल्याण्डले पपुवा न्युगिनी (पिएनजी)लाई सात विकेटले पराजित गरेको हो ।
पिएनजीले दिएको ७९ रनको लक्ष्य न्युजिल्याण्डले १२.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । ओपनर डेवन कन्वेले ३५ रन जोड्दै टोलीलाई जिततर्फ उन्मुख गराउनुभएको थियो । रचिन रविन्द्रले ६ रन जोड्दा केन विलियम्सन १८ र डेरील मिचेल १९ रनमा नटआउट रहनुभयो ।
यसअघि टस जितेर पहिले फिल्ड गर्ने निर्णय लिएको न्युजिल्याण्डले पिएनजीलाई १९.४ ओभरमा ७८ रनमै अलआउट गराएको थियो । न्युजिल्याण्डका लागि फर्गुसनले ४ ओभरमा कुनै रन नखर्ची ३ विकेट लिनुभएको थियो । उहाँ पुरुष टी-२० विश्वकपमा ४ ओभर नै मेडन राख्ने पहिलो बलर बन्नुभएको छ ।
पिएनजीका लागि चाल्र्स अमिनीले सर्वाधिक १७ रन जोड्नुभयो । नोर्मन भानुआले १४ र सेसे बाउले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो स्कोर छुन सकेनन् । समूह ‘सी’ बाट अफगानिस्तान र वेष्ट इण्डिज सुपर-८ मा प्रवेश गरिसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच