
खेमनाथ दाहाल
प्रातकालीन प्रकृति पनि आफैंमा सुरम्य हुन्छ । मलीन र विनयी हुन्छ । प्रकृति प्रदत्त गुण नै भनौँ, प्राणी केवल मलीनता-शालीनताको पूजक बन्न मनपराउँदछ अर्थात् विनयको अपेक्षा गर्दछ । त्यसैले प्रखरताको प्रतीक सूर्यसम्मलाई प्रायः उदयकालमा पूजा गरिन्छ । उसको रश्मिसँग खेल्न मनपराइन्छ । उसको उदयको प्रतीक्षामा घण्टौं बिताए पनि उदयपश्चात् गर्भबाट सन्तान निस्किएकी आमाको हर्षझैँ एक प्रकारको आनन्द अनुभूत गरिन्छ । आखिर यो किन ? किनकि, हरेकको बालपन सुरम्य र स्निग्ध लाग्दछ । हरेक प्राणीको आगमन वा उदय नवसृष्टिको बोधक हो र यही स्थापित मान्यताको बलमा सृष्टि पनि अडिएको छ । त्यसैले पनि हरेक कोपिलालाई भावी सृष्टिको मुहान मानिन्छ र उनीहरूमार्फत सृष्टिको पूर्णताको अपेक्षा गरिन्छ ।
नवीन सृष्टिविनाको प्रकृति प्रकृति रहँदैन । हरेक वसन्तमा पालुवा फेरिनुपर्छ । कोपिला लाग्नुपर्छ । हरेक प्राणीमार्फत नवसृष्टि हुनुपर्छ । यो विधिको नियति हो । प्रकृतिको विधान हो । तसर्थ, हरेकको उदयकालमा प्रसूले मात्र होइन, प्रकृति स्वयम्ले खुशी प्रकट गर्दछ । प्राकृतिक उपजमा मानवचेतनाको कारण प्राणीमा श्रेष्ठ भएकोले उसले आफ्नो सन्ततीको महत्व नबुझ्ने कुरै भएन । ऊ हरतरहले सचेत र सजग भएर सन्तती हुर्काउने यत्न गर्दछ । मानव स्वभावेन ज्ञान पिपासु प्राणी भएकोले हरेक अभिभावकले जन्मनुपूर्वदेखि नै आफ्ना सन्ततीमा ज्ञान प्रवाह गर्ने यत्न गर्दछन् । अनेक ज्ञान प्रवाहको प्रवद्र्धनको खोजीको सन्दर्भमा नै बालकविताहरूको प्रादुर्भाव भएको हो भन्दा अतिशयोक्ति नहोला ।
केवल लेखनकर्ममा मात्र होइन, समाजसेवामा पनि उत्तिकै कर्मठ भएर लाग्ने विमला नेपालका अतिरिक्त डिसी भर्जिनियामा हुने विभिन्न कार्यक्रममा उहाँको सशक्त उपस्थितिले उहाँ कति सामाजिक कर्मका लागि ऊर्जावान् हुनुहुन्छ ? स्वतः पुष्टि हुन्छ ।
पूर्वीय दर्शनले मानवलाई समदर्शी हुन निर्दिष्ट गरेको छ तर यसलाई कतिले आत्मसात् गरेको हुन्छ, कतिले हुँदैन । जो मानव आत्मज्ञानी हुन्छ, उसले अवश्य आत्मसात् गरेकै हुन्छ । दर्शनको मर्म बुझेका महाकवि लक्ष्मीप्रसद देवकोटाले समदर्शी भएर भावविभोर हुँदै ‘नटिप्नू हेर कोपिला, नचुड्नू पाप लाग्दछ... नच्यात्नू फूल नानी हो, दया र धर्म भाग्दछ...’ लेख्नुभयो । कोपिला आखिर कोपिला हो । चाहे मानवका बालबालिका होऊन्, चाहे फूलका । कोपिला कोमल हुन्छ, स्निग्ध हुन्छ र बेलैदेखि त्यो संरक्षणीय हुन्छ । बालबालिका भोलिको समाजका ऐना, भविष्यका कर्णधार । यही मानवीय मर्मलाई मनन गर्नुभएका महाकविले सायद अभिभावकत्व पूरा गर्ने अभिप्रायले बालकविता लेख्नु आफ्नो कर्तव्य ठान्नुभयो । सायद महाकविले संप्रेषण गरेका भाव कृतिकार विमला निरौलाले पनि बुझेको हुनुपर्दछ । त्यसैले उहाँले बालसाहित्यलाई आफ्नो जीवनको अङ्गझैँ बनाउनुभयो ।
बालबालिकालाई भविष्यको समाजको द्योतकका रूपमा लिइएको छ र सारा सभ्यता यसकै सेरोफेरोमा बुनिएको छ । त्यसैले पनि जन्मँदैदेखि बालबालिकालाई संस्कारयुक्त बनाउनु अभिभावकको प्रथम कर्तव्य हो भन्ने मान्यता यत्रतत्र स्थापित छ । यही मान्यतामा रहेर बालबालिका लागि सृष्टिदेखि नै अभिभावक सचेत बने अझ पूर्वीय दर्शनले त बच्चा पेटमा रहँदैदेखि सत्कर्म-सद्बुद्धि दिनुपर्छ भन्नेसम्मको मान्यता बनाएको पाइन्छ । दृष्टान्तका रूपमा अभिमन्युले चक्रव्यूहमा प्रवेश गरेको समेत उल्लेख गरेर झन् आश्वस्त तुल्याउने यत्नसमेत गरेका छन् । हुन त पछि आएर पाश्चात्य समाजले पनि वातावरणले उदरस्थ शिशुलाई असर गर्छ भन्ने मान्यता बुझ्यो ।
यस्तै धारणा अझ विकसित हुँदै जाँदा परिवर्तनको क्रमसँगै श्रुतिमार्फत कथाका रुपमा प्रथमतः आमाले फुलाउँदा, सुताउँदा भनिने-गाइने गीत र कथाहरू गद्यपद्यका रुपमा कथा-कविता बनेर लिपिबद्ध हुन थाले र बालसाहित्यका रूपमा विविध विधामा आजको विकसित रूपमा आइपुगे र नेपाली साहित्यमा क्रमशः प्रवेश पाए । कुमरोज, चितवनमा आमा शारदादेवी र बुबा श्यामजी शर्मा ढुंगानाकी दोस्रो सन्तानका रूपमा जन्मिनुभएकी विमला ढुंगाना (निरौला) बाल्यकालदेखि नै साहित्यानुरागी हुनुहुन्थ्यो भन्ने यथार्थता उहाँको आजसम्मको साहित्यिक कर्मले प्रष्ट पारेको छ । जोन मिल्टनको ....जसरी बिहानले दिनकबो संकेत गर्छ त्यसरी नै बालकले मानिसको संकेत गर्दछ ।’ बिहानीमा दिउँसोको भविष्य प्रतीत भएझैँ बाल्यकालको क्रियाकलापमार्फत नै मानिसको भविष्य विम्बित हुन्छ भन्ने यो भनाइ विमलाको जीवनीलाई आत्मसात् गर्ने सम्बन्धमा पनि सत्य भएको प्रतीत हुन्छ ।
विमलाले आफ्नो साहित्यिक पथ वा प्रतिभाको छनक उहाँको कलिलो उमेरमा नै रेडियो नेपालको बालकार्यक्रममार्फत देखाउन सुरु गर्नुभयो । देशको एकमात्र प्रसारणको माध्यम भएकोले २०४२ सालमा रेडियो नेपालको बालकार्यक्रममा प्रवेश पाउनु त्यस कालमा त्यति सहज कर्म अवश्य थिएन । तर, विमलाले प्रतिभाको बलमा बालकार्यक्रममा नियमित कविता पढ्ने अवसर प्राप्त गर्नुभयो । यही अवसर नै उहाँको जीवनको लक्ष्यको अंश बन्यो । त्यही लक्ष्यले अन्ततः उहाँलाई शुक्लपक्षको जूनझैँ साहित्य क्षेत्रमा चम्काउँदै आज नेपाली साहित्याकाशमा चम्किलो ताराका रूपमा स्थापित गरायो ।
उहाँको परिकल्पनामा विश्वभर रहेका नेपाली भाषी बालबालिकालाई जोड्ने अनेसास बालतारा कार्यक्रम भिडियो कलमार्फत सञ्चालन भइरहेको छ, जसको संयोजन र सञ्चालन पनि विमलाले नै गरिरहनुभएको छ । उहाँको प्रधानसम्पादकत्व र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को प्रकाशनमा विश्वभरका प्रवासी नेपाली बालबालिकाको मुखपत्रको रूपमा प्रवासी बालसिर्जना प्रकाशन भएको छ जसको ऐतिहासिक महत्व आफैँमा गरिमामय छ ।
‘नानीदेखिको बानी’ औसत नेपालीको मनमस्तिष्कमा रहेको यो भनाइले विमलाको जीवनमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । उहाँलाई रेडियो नेपाल गएर कविता पढ्ने आकर्षणले कलिलो उमेरमै साहित्य साधनाको लत बस्यो । बालकविता लेख्तालेख्तै उहाँले सामान्यतः साहित्यकारहरूले हत्तपत्त हिम्मत नगर्ने बालसाहित्य विधालाई अङ्गीकार गर्नुभयो, त्यसमै साधनारत हुनुभयो । भनिन्छ, बालसाहित्य विधा साहित्य लेखनमा फलामको चिउरा चपाउनुसरह हो । सफल साहित्य रचना गर्न रचनाकार त्यस रचनाभित्र अवश्य रमण गर्न सक्नुपर्छ, अन्तर्घुलन हुन सक्नुपर्छ । त्यही अन्तर्घुलन नै सही रचनाकारको विशेष कसी हो ।
हरेक बालबालिकाको पहिलो विद्यालय घर हो भने पहिलो गुरु आमाबाबु हुन् । एउटी आमाले जति बालबालिकाको मर्म अरुले विरलै बुझ्ला ? महिला लेखिका जोनी के रोवलिङ्ग, फ्रान्सिस इलिजा हडसनहरूजस्ता सफल महिला बालसाहित्यकारका कृति हेर्दा यो भनाइ अतिशयोक्ति लाग्दैन । दुई सन्तानकी आमा सायद विमलामा निहित आमाको मनले पनि समयमै यो रहस्यको मर्मलाई आत्मसात् गरिसकेको थियो । त्यसैको प्रतिफलस्वरुप विमलाका प्रकाशित कृतिहरूको अध्ययन र विश्लेषणमा विमलामा बालबालिकाप्रतिको लगाव र उनीहरूलाई बुझ्न सक्ने क्षमताको बिम्ब सहजै प्रष्ट देखिन्छ । मेरो विचारमा बालसाहित्य रचना गर्नु स्वयम्मा बालबालिकाको लागि सुमार्गमा लाग्ने प्रथम प्रस्थान बिन्दुको निर्माण गर्नु हो, जसमा उनीहरूको भविष्यको आधारस्तम्भ अडिएको हुन्छ । तसर्थ, बालसाहित्यलेखनमा अनुत्तरदायित्व स्वीकार्य छैन र हुँदैन ।
प्रवास यसै पराया मुलुक । त्यहाँ गएर स्थापित हुनु आफँैमा कठीन कर्म हो । प्रवास पसेपछि एक महिलाले गृहिणी, आमा मात्र भएर पुग्दैन, आर्थिक सबलताका लागि कुनै काम गर्नैपर्छ र प्रायः हरेकले गरेकै हुन्छन् । अमेरिका जस्तो व्यस्त र काम पिपासु मुलुकका अफिसको स्वचालित मेसिनसरहको काम, कुशल गृहिणी नाताले आमा–पत्नी, घरकी अभिभावक भएर चलाउनुपर्ने गृहस्थी जीवन, एक महिलाका लागि जीवनको कठीन परीक्षासरह हो । यस प्रकारका कठिन परिस्थितिको कठोर सामना गर्दै केही नेपाली महिला लेखिकाहरू आज डायस्पोराको साहित्य क्षेत्रमा सक्रिय लेखिकाका रूपमा देखापरेका छन् ।
सन् २०१० मा पति मोहन निरौलाको डिपेन्डेन्ट भिसामा अमेरिका पस्नुपूर्व २०६४ (सन् २००८) मा नै १. तिमीविनाको हाम्रो जीवन (बालकवितासङ्ग्रह), २. बाल मन (बाल चित्र कविता-सङ्गालो), ३. बादल र ऋतु (बाल चित्रकाव्य) तीन तीन कृतिहरू मातृभूमिमै प्रकाशित गरेर लेखनमा आदि भइसक्नुभएकी विमलालाई अमेरिकाका व्यस्तताले कहाँ व्यवधान गर्न सक्यो र ? अमेरिका पसेर उहाँ भर्जिनियाको व्यस्ततामा फसे पनि आफ्नो लक्ष्यमा कत्ति विचलित हुनुभएन र पछिल्लो कृति ‘तीन चरी‘सम्म आइपुग्दा थप सात कृतिहरू ४. पशुपन्छी (बाल चित्र कविता-सङ्गालो) ५. बाल-बगैँचा (बालकविता-सङ्गालो) ६. ठूलो भई के बन्ने ? (बाल संवाद चित्रकविता), ७. निर्दोष कोपिला (बालगीत-सङ्ग्रह) ८. काव्य पराग (मुक्तक-सङ्ग्रह, २०७८ माघ) ९. ओथारो बसेका सपनाहरू (कवितासङ्ग्रह, २०७८), बालसाहित्य जगत्लाई दिएर वर्तमानमा नयाँ ‘यात्रामा देश’ नामक कृतिका साथ पुनः देखापर्नुभएको छ ।
शङ्करदेव क्याम्पसबाट बिकमसम्मको अध्ययन पूरा गर्नुभएकी विमला शिक्षाको क्षेत्रमा आफैँ सचेत भएकोले उहाँले अमेरिका प्रवेशपछि औपचारिक शिक्षा लिनुको साटो बालकृतिहरूको रचना गरेर शिक्षा क्षेत्रमा, आबद्ध भइरहनुभयो । हुन त प्रवासमा यसरी लेखन र प्रकाशन गर्नु औसत मानिसका लागि दुरूह कर्म नै हो । तथापि, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैँ विमलाहरूजस्ता केही स्तुत्य कर्म गरेर प्रमेयका रूपमा देखा पर्दछन् र ती सम्मानका पात्र बन्दछन् ।
कृतिकार विमलाका उपरोक्त कृतिहरूका अलावा गरिमा, मधुपर्क, मुनालगायत विभिन्न मुखपत्रहरू र पत्रपत्रिकहरूमा यथेष्ठ रचनाहरू प्रकाशित भएको पाइन्छ । केवल लेखनकर्ममा मात्र होइन, समाजसेवामा पनि उत्तिकै कर्मठ भएर लाग्ने विमला नेपालका अतिरिक्त डिसी भर्जिनियामा हुने विभिन्न कार्यक्रममा उहाँको सशक्त उपस्थितिले उहाँ कति सामाजिक कर्मका लागि ऊर्जावान् हुनुहुन्छ ? स्वतः पुष्टि हुन्छ । समाज र साहित्य नै आफ्नो रुचि बताउने उहाँ हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव, अनेसास अन्तर्दृष्टि तथा दर्पण साहित्यिक पत्रिकाको सल्लाहाकार-सम्पादक, अनेसास रेडियो कार्यक्रमको सह-संयोजक, बालसाहित्य प्रतिष्ठान, कृष्ण साहित्य सदन, नेपाल बालसाहित्य समाज, अमेरिका सहयोगी समाज, शिक्षा सदन तथा भर्जिनिया अमेरिकाका नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, नेपाली अमेरिकन सामुदायिक केन्द्र, रेवा स्मृति प्रतिष्ठान, सप्तरङ्गी साहित्य प्रतिष्ठान नेपाललगायत नेपाल र अमेरिका विभिन्न सङ्घ संस्थामा आबद्ध भएर विविध सामाजिक कर्महरू गरिरहनुभएको छ ।
उहाँको परिकल्पनामा विश्वभर रहेका नेपाली भाषी बालबालिकालाई जोड्ने अनेसास बालतारा कार्यक्रम भिडियो कलमार्फत सञ्चालन भइरहेको छ, जसको संयोजन र सञ्चालन पनि विमलाले नै गरिरहनुभएको छ । उहाँको प्रधानसम्पादकत्व र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को प्रकाशनमा विश्वभरका प्रवासी नेपाली बालबालिकाको मुखपत्रको रूपमा प्रवासी बालसिर्जना प्रकाशन भएको छ जसको ऐतिहासिक महत्व आफैँमा गरिमामय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच