
काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघको २३औँ वार्षिकोत्सवका अवसरमा असार ८ गते आयोजना गरेको ‘दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ को उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले हात पार्नुभएको छ । उहाँले निर्धारित २१.०९८ किमीको दूरी १ घण्टा १९ मिनेटमा पूरा गरी प्रथम हुनुभएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन गर्नुभएको प्रतियोगितामा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, महिला संघका पदाधिकारीहरूलगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा बिल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।
शनिबार बिहान ६ः०० बजे सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सुरु भई बालाजु चोक, नयाँ बसपार्क, बसुन्धारा, महाराजगञ्ज चोकलाई दायाँ पार्दै त्रिवि शिक्षण अस्पताल, लैनचौर, जमल, घण्टाघर, शहीद गेट, त्रिपुरेश्वर, टेकु, कालीमाटी, रविभवन, कलंकी हुँदै पुनः प्रधान कार्यालयस्थित एपिएफ रंगशाला एक राउण्ड लगाएर समापन भएको थियो ।
प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबकी राजपुरा पछाईले एक लाख रुपैयाँ, दोस्रो हुने नेपाल पुलिस क्लबकी राममाया बुढाले १ घण्टा २३ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पार गरी ७५ हजार रुपैयाँ तथा तेस्रो हुने नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट ४५ सेकेण्डमा पार गरी ५० हजार रुपैयाँ जित्नुभएको छ ।
उपाधि हासिल गर्ने धावकहरूलाई यही असार १७ गते सोमबार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ । चौथोदेखि दशौँ स्थान हासिल गरेका धावकहरूलाई शनिबार नै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लबलगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू तथा देशैभरका महिला धावकहरूको सहभागिता रहेको थियो । त्यसैगरी शनिबार नै सम्पन्न ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ मा दिपा परियार प्रथम, लिला राई दोस्रो र रिना माझी तेस्रो हुनुभएको छ । उहाँहरूलाई सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच