
काठमाडौं । निर्देशक ओम प्रतीकले निर्देशन गर्ने चलचित्र ‘मोहर’ को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोष्टरमा पहेँलो रंगको मोहरको सिक्कामाथि चलचित्रको शीर्षकलाई समावेश गरिएको छ ।
चलचित्रका लेखकसमेत रहनुभएका प्रतीकले यो चलचित्रमा अभिनेता अर्जुनजंग शाहीले मुख्य खलनायकको रूपमा अभिनय गर्ने निश्चित भएको जानकारी गराउनुभयो । ‘मोहरमा हामीले समाजमा देखिएको ऐनालाई चित्रण गर्दैछौं, निर्देशक प्रतीकले भन्नुभयो, ‘हामीले फिल्मको स्लोगन नै अ स्टोर बेस्ड अन अनरिटन रुल्स बनाएका छौं ।’ चलचित्रका अन्य कलाकारहरूको छनोट जारी रहेको उहाँको भनाइ छ ।
फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा बन्ने यो चलचित्रका निर्माता चुम्बनजंग शाही हुनुहुन्छ । दिपेन बस्न्यातले छायांकन रहने चलचित्रमा कुमार महर्जनको द्वन्द निर्देशन रहनेछ । कमेडी, एक्सन, सोसल ड्रामा तथा लभ स्टोरीसहितको जनरामा बन्ने यो चलचित्रको छायांकन आगामी कात्तिक महिनादेखि प्रारम्भ हुने भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच