
काठमाडौं । चलचित्र ‘बलिदान’का लागि साउथका द्वन्द्व निर्देशक र छायाँकार ल्याइने भएको छ । छायाँकनको तयारीमा रहेको चलचित्रका लागि द्वन्द्व निर्देशक र छायाँकार भारतबाट ल्याइने भएको हो । चर्चित द्वन्द्व निर्देशक, छायाँकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा नेपाल भिœयाउन लागेको छ । जसमा द्वन्द्व निर्देशक स्टण्डर साम र छायाँकार शरण ऋषि हुनुहुन्छ ।
द्वन्द्व निर्देशक सामले राणा दगुबत्तीको चर्चित चलचित्र ‘हात्ती मेरे साथी’, चियान विक्रमको चलचित्र ‘थंगलम’लगायतमा काम गरिसक्नुभएको छ । छायाँकार ऋषि गतहप्ता रिलिज भएको नेपाली चलचित्र ‘बाटोः रोड टु डेथ’का छायाँकार हुनुहुन्छ । उहाँले दक्षिण भारतमा चर्चित चलचित्रहरू सुपरस्टार रजनिकान्तको चलचित्र ‘पेट्टा’ र सुपरस्टार चिरञ्जीवीको चलचित्र ‘आचार्य’को छायाँकन टिममा काम गर्नुभएको छ ।
चलचित्रको निर्देशन भने सन्तोष सेनले गर्नुहुनेछ । उहाँको यो पहिलो सोलो निर्देशन हो । चलचित्रको कथालाई ‘महाकथा’ भन्दै यसका लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको उहाँको भनाइ छ । अहिले छायाँकनस्थलको निर्माण, सेट डिजाइन तथा अन्य व्यवस्थापनको काम भइरहेको छ । लाइट, साउण्ड, क्यामेरालगायत प्राविधिक सामग्री भारतको मुम्बईबाट ल्याउने निर्देशक सेनले जानकारी दिनुभयो ।
बलिदानको छायाँकनका लागि इटहरीमा रहेको बिएमसी छायाँकन स्टुडियोमा सेट तयार भइरहेको छ । विराटनगर क्षेत्रमा पनि सेट निर्माणको काम अन्तिम चरणमा छ । यो चलचित्रको ६० प्रतिशत छायाँकन स्टुडियोमा नै हुनेछ ।
‘बलिदान’को मुख्य भूमिकामा नेपाली चलचित्रका एक्सन नायक बिराज भट्टका छोरा समीर भट्टले अभिनय गर्दै हुनुहुन्छ । भट्टले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहनुभएको थियो ।चलचित्रमा अभिनेता सौगात मल्ल, अर्पण थापा, दिव्य देव तथा अभिनेत्री ऋचा शर्माको पनि प्रमुख अभिनय रहने निर्माणपक्षले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच