काठमाडौं । ‘मिस तथा मिसेस् इण्डिजिनियस २०२४’ को माया गुरुङ र युजिना राईले चुम्नुभएको छ । एसके इन्टरटेन्मेन्टको आयोजनामा जमलस्थित राष्ट्रिय नागघरमा सोमबार साँझ आयोजित प्रतियोगितामा मायाले मिसेस् र युजिनाकाले मिस तर्फको उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।
प्रतियोगितामा मिसतर्फ माया शेरपूजा फष्ट रनरअप, आरुषी थापा मगर सेकेण्ड रनरअप तथा आकृति गुरुङ थर्डरनरअप चुनिदा मिसेस्तर्फ सोनिया चाम्लिङ राई फष्ट रनर अप, सुजाता तामाङ सेकेण्ड रनरअप, सञ्जु गुरुङ थर्ड रनरअप र मनिता तामाङ फोर्थ रनर अप हुनुभयो ।
विजेता सबैलाई प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री सीता गुरुङ, प्रकाश भुजेल, कलाकार सरोज खनाल लगायतले ताज पहिराइदिनुभएको थियो । विवाहित र अविवाहित गरेर २५ प्रतिस्पर्धी रहेको प्रतियोगितामा कोरियोग्राफी, फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएको थियो ।
आदिवासी जनजाति महिलाहरूको व्यक्तित्व र बौद्धिकता तथा सांस्कृतिक विकास, प्रचार र सवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष मिस तथा मिसेस् इण्डिजिनियस प्रतियोगिता आयोजना हुँदै आएको आयोजक एसके इन्टरटेमेन्टका शान्ता तामाङले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच