
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरुको बीचमा एकता हुन आवश्यक रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्ट एकता देशका लागि धेरै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले कम्युनिष्टहरुको बीचमा एकता नभइ देश समृद्ध बन्न नसक्ने बताउनु भयो ।
उहाँले देशको राजनीति र विशेषताले देशमा भएका सबै राजनीतिक दलहरु मिल्नुपर्ने देखाएको बताउनु भयो । उहाँले सबै कम्युनिष्ट राजनीतिक दलहरुको उद्देश्य देशलाई अघि बढाउने भएकाले सबै एक भएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले कम्युनिष्टहरु फुटेर नभए जुटेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली जनता, राजनीतिक पार्टी, कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने संसारका कुनैपनि तागतले केही गर्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यहाँहरुले जुन प्रश्ताव राख्नुभएको छ, कम्युनिष्ट एकताको लागि त्यो धेरै महत्वपूर्ण छ । कम्युनिष्टहरुको बीचमा एकता गर्नुपर्छ । एकतावद्ध नभइकन हुँदैन । कम्युनिष्ट मात्रै होइन, हामी काँग्रेससँग मिलेर नै यति ठूलो उपलब्धि प्राप्त गर्न सकेका छौँ । हाम्रो देशको राजनीति र विशेषताले के भन्छ भने नेपालका राजनीतिक पार्टीहरु धेरै भन्दा धेरै मिलेरै काम गर्नुपर्छ । किनभने हाम्रो देशको जुन भूराजनीतिक अवस्था छ । देशलाई अघि बढाउने सबैभन्दा पहिलो कुरा हो । नेपाली जनताको बीचको एकता, यो देशका राजनीतिक पार्टीहरु बीचको एकता, लोकतान्त्रिक पार्टीहरु बीचको एकता र देशमा सबैभन्दा महत्वपूर्ण कुरा कम्युनिष्टहरु बीचको एकता हो । कम्युनिष्टहरुको नेतृत्व सबैलाई युनिफाइड गर्ने र त्यसको नेतृत्व कम्युनिष्टले गर्नुपर्छ । आगामी दिनमा पनि आवश्यक छ । फुटेर होइन जुटेर । हामी मिल्नसके देश अघि बढ्नसक्छ । हामी मिल्न नसके यो देश बर्बाद हुन्छ । जतिसुकै ठूला चुनौति भएपनि हामी नेपाली जनता, राजनीतिक पार्टी, कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने संसारका कुनैपनि तागतले केही गर्न सक्दैन । मुल कुरा हामी एकतावद्ध हुन्छौँ की हुँदैनाँै भन्ने हो ।’
उपाध्यक्ष ज्ञवालीले कम्युनिष्टका अगाडि अहिले धेरै ठूला चुनौति र सम्भावनाहरु रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच