![ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Nakkhu-khola-Pul-Lalitpur.jpg)
बर्लिन । अर्जेन्टिनी स्टार लियोनल मेसीले कोपा अमेरिका २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेल गुमाउने हुनुभएको छ । साबिक विजेता अर्जेन्टिनाले कोपा अमेरिकामा समूह चरणको अन्तिम खेलमा आइतबार बिहान पेरुसँग खेल्ने तालिका छ । तर, अघिल्लो खेलमा चोट बोक्नुभएका मेसीले पेरुविरुद्धको खेल गुमाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
समूह चरणको दोस्रो खेलमा चिलीलाई १-० ले पराजित गर्दा उहाँमाथि खराब ट्याकल हुँदा लामो समय मैदानबाहिर राखेर उपचार गरिएको थियो । त्यस दौरान उहाँ पुनः मैदान फर्किएर पूरै ९० मिनेट खेल्दै अन्तिम समयमा उहाँकै कर्नरमा अर्जेन्टिनाले गोल गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो ।
असहज अवस्थाका बाबजुद खेल्नुभएका उहाँ अर्जेन्टिना क्वाटरफाइनल पुगिसकेकाले पनि समूह चरणको अन्तिम खेलमा टिमले उहाँलाई आराम दिएको हो । पेरुसँगको खेलअघि अर्जेन्टिनाका सहायक प्रशिक्षक वाल्टर स्यामुअलले मेसी समूह चरणको अन्तिम खेलमा अनुपस्थित रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘लियो चिलीसँगको खेलका दौरान समस्यामा परे । जसका कारण उनलाई पेरुविरुद्धको खेलमा खेलाइने छैन । अहिले आराम गरिरहेका छन् । दिनदिनै उनको इन्जुरीमा सुधार हुँदै छ ।’ एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच