छैठौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न

हिमालय टाइम्स
Read Time = 6 mins

पाेखरा । पोखरामा छैठौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । पुरुष विधामा खुला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बू दोस्रो, अप्सन परियार र अरुण लिम्बू तेस्रो बने ।

५५ केजी तौलमा सञ्जिव शाह ठकुरी प्रथम, आशिष लोकेन्द्री दोस्रो र शक्ति तामाङ र प्रयुश राई तेस्रो भए । ५० केजीतर्फ रिवाज थापा प्रथम, अंकित सुनार दोस्रो, जेम्स बिक र रोहन क्षेत्री तेस्रो भए । ४५ केजी तौल समूहमा विशाल बुढामगर प्रथम, झलक थापा मगर दोस्रो, रेशम बिक र नविन परियार तेस्रो बने । ४० केजी तौलसमूहमा निश्चल बिक पहिलो, कृष थापा दोस्रो, रुद्र गौतम र आभास श्रेष्ठ तेस्रो बने । ३५ केजी तौल समूहमा हेसाङ सारु मगर प्रथम, आरुष सिंह ठकुरी दोस्रो, प्रयास गुरुङ र सन्देश पुनः तेस्रो भए ।

३० केजीतर्फ सुशान्त थापा प्रथम, भैभव भण्डारी दोस्रो, समिर गुरुङ र रविन ठकुरी तेस्रो भए । २५ किलो तौल समूहमा सुमन बिक प्रथम, ओसन मगर दोस्रो, रिशव चौधरी र एकृत राई तेस्रो भए । यस्तै महिलातर्फ खुल्ला तौल समूहमा नितिशा राना मगर च्याम्पियन बनिन् । रोजिना गुरुङ दोस्रो हुँदा पूर्णिमा लियो मगर र केजिया क्षेत्री तेस्रो बने । ५० केजी तौलतर्फ प्रशन्ना क्षेत्री प्रथम, निम्रित शाह दोस्रो, दिपिका बोहोरा र सुमी गुरुङ तेस्रो बने । ४५ केजी तौल समूहमा सन्ध्या लामा प्रथम, कञ्चन लिम्बू दोस्रो, ममता थापा र कुमा पुन तेस्रो भए । ४० केजी तौल समूहमा विशिषता राई प्रथम, क्रिस्टिना कार्की दोस्रो, वर्षा गुरुङ र सिम्रन केसी तेस्रो भए ।

३५ केजी तौल समूहमा पार्वती तामाङ प्रथम, मिरिस्मा पौडेल दोस्रो, सभ्यता बराल तेस्रो र सरगम गुरुङ तेस्रो बने । ३० केजी तौल समूहमा मनिशा गिरी प्रथम, ओसन थापा दोस्रो, प्रितिशा खनाल र अक्षता ढुंगाना तेस्रो भए । २५ केजी तौलसमूहमा प्रितिशा गिरी प्रथम, नुमा लिम्बू दोस्रो, दीपशिखा सिग्देल र सिम्रन क्षेत्री तेस्रो भए । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा, आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, व्यवस्थापक गण्डकी प्रदेश केन्पोकाई संघका अध्यक्ष प्रगात कायस्थ र साउथ एशियन केन्पोकाई ब्राञ्च चिफ नाराज बहादुर खड्का (हरि) ले विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

मन्त्री थापाले अनुशासित नागरिक उत्पादनका लागि खेलकुद अपरिहार्य रहेको जनाउँदै अहिले खेलकुद व्यवसायिक समेत बन्दै गएको बताउनु भयो । गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि महत्व दिंदै आगामी वर्षका लागि समेत आवश्यक बजेट विनियोजन गरिसकेको बताउनु भयो । केन्पोकाई खेलको समेत नेपालमा सम्भावनाको खेल रहेको उल्लेख गर्दै खेलकुदले भाइचारा सम्बन्ध स्थापितसँगै अनुशासन कायम गर्न समेत खेलकुदको भुमिका उत्तिकै प्रभावकारी रहेको उनको भनाई थियो । खेलाडीहरुको सहयोगका लागि प्रदेश सरकार साथ सहयोग दिन तयार रहेको बताउनु भयो ।

मन्त्री थापाले भन्नुभयो, ‘अहिले खेलकुदमा सम्भावना समेत बढ्दै गएको छ । नेपाली खेलाडीहरुले पनि विस्तारै खेलकुदको माध्यमबाट आफ्नो व्यवसायिकतालाई अघि बढाएका छन् ।’

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश केन्पोकाई संघको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?