
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गर्नुभएको छ ।
सोमबार कांग्रेस-एमालेबीच नयाँ समीकरण बन्ने विषय उठेपछि प्रधानमन्त्रीले मन्त्रीहरूसँग ब्रिफिङ गर्नुभएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा यस्तो ब्रिफिङ गर्नुभएको सरकारकी प्रवक्ता रेखा शर्माले बताउनु भयो ।
'प्रधानमन्त्रीले समाचारहरूमा आएका विषयमा ब्रिफिङ गर्नुभएको छ। जुन हल्ला र भ्रमहरू फैलाइएका छन्, त्यसमा सत्यता छैन भन्नुभएको छ। उहाँ (प्रधानमन्त्री)ले यो गठबन्धन लामो समय जन्छ भन्नुभएको छ,' सरकारका प्रवक्ता शर्माले भन्नुभयो ।
प्रवक्ता शर्माले एमाले मन्त्रीहरूलाई बालकोट बोलाइएको कुरा पति सत्य नभएको बताउनु भयो।
'क्याबिनेटमा बसिरहनुभएका एमाले मन्त्रीहरू पनि बालकोट बोलाइएका समाचार हेरेर छक्क पर्नुभयो। सबै समाचार सत्य नहुँदा रहेछन्,' उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच