काठमाडौं । सामुदायिक विद्यालयहरूको परिणामले जनतालाई निराश तुल्याएको अवस्थामा निजी विद्यालयहरूका परिणामले उत्साहित तुल्याएको विचार विभिन्न क्षेत्रका वक्ताहरूको रहेको छ । बुनपा-१० कपन बालुवाखानीस्थित रिलायन्स कोएडबाट एसइईमा सफल विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै वरिष्ठ पत्रकार तथा रिलायन्स एजुकेसन नेटवर्कका सल्लाहकार प्रा. पुरुषोत्तम दाहालले राजनीतिदेखि शिक्षा नीतिसम्म अस्थिरताको मारमा परिरहेको हुनाले यस्तो अस्थिरताको अन्त्य नभएसम्म शैक्षिक क्षेत्र सुधार हुन कठिन हुने विचार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘शिक्षामा हुने र नहुनेको अवस्था मेट्न रिया एजुकेसन नेटवर्कको योगदान प्रशंसनीय रहेको हुनाले नेटवर्कले राष्ट्रिय रूपमा नै आफूलाई स्थापित गर्ने सफलता पाएको छ ।’
दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै प्रा. दाहालले मानिस बनाउने शिक्षाका लागि सीप, सूचना र ज्ञानको त्रिवेणी विद्यालय हुनुपर्ने विचार प्रकट गर्नुभएको थियो ।
नेटवर्कका चारवटा विद्यालयहरू रिया इन्टरनेसनल, रिया कोएड, रिया पब्लिक र विद्या सदनका सबै विद्यार्थीहरूले एसइईमा राम्रो अंकका साथ सफलता पाएका छन् । नेटवर्कका अध्यक्ष तथा रिलायन्स इन्टरनेसनल कलेजका प्रिन्सिपल रवीन्द्रजंग थापाले सभापतित्वको आसनबाट बोल्दै भन्नुभयो, ‘रिलायन्स कलेज टप फाइभमा रहेको छ । सकेसम्म विद्यार्थीलाई पाठ्यक्रमसहित खेलकुद, सांस्कृतिक क्षेत्र, साहित्य, कला जस्ता विषयमा समेत प्रोत्साहन गरिरहेको हुनाले रिलायन्सले आफ्नो पृथक् पहिचान स्थापित गर्न सकेको हो ।’
रिलायन्स इन्टरनेसनलका सहप्राचार्य योगगुरु दामोदर निरौलाले गराउनुभएको ध्यानबाट आरम्भ कार्यक्रममा कोएडका प्राचार्य दशरथ ज्ञवालीले अहिले राजनीतिमा अस्थिरता र शिक्षामा अन्योलको अवस्था रहे पनि कोएडले अब्बल परिणाम दिन सकेको विचार प्रकट गर्नुभयो । प्राचार्य ज्ञवालीले कोएडका ६६ जना परीक्षार्थीमध्ये ए प्लस ३७ जना, ए २५ र बी प्लस चारजना गरी शतप्रतिशत उत्तीर्ण भएको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बिओडी राजुकुमार शिवाकोटीले शिक्षाको महत्व, विद्यार्थीहरूको सोच र अभिभावकीय दायित्वबारे मन्तव्य प्रकट गर्नुभएको थियो । सो अवसरमा अभिभावकका तर्फबाट भगवती कार्की, सफल विद्यार्थीमध्ये उत्कृष्ट अंक ल्याउने रितिस्मा तामाङ, शिक्षक प्रतिनिधि हरिप्रसाद आचार्य र स्वस्ति काफ्लेले रियाबारे मन्तव्य प्रकट गर्नुभएको थियो । सो अवसरमा एसइईमा सफल विद्यार्थी तथा विषय शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच