
म्याग्दी । दुई दिनदेखि अवरुद्ध म्याग्दीका प्रमुख सडकहरु अझैसम्म पनि सुचारु नहुँदा यात्रीहरुलाई समस्या भएको छ ।
जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गुा गाउँपालिका–२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो खसेपछि शनिवार बिहानैदेखि सवारीसाधन आवतजावत बन्द भएको हो ।
त्यसैगरी बेनी –बागलुङ सडकको बान्द्रेमा पहिरो आएपछि उक्त सडक पनि अवरुद्ध भएको छ भने बेनी –मालढुङ सडक पनि शनिवार बिहानैदेखि अवरुद्ध छ । आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक खुलाउन पनि उपकरण परिचालन भएको प्रहरीले जनाएको छ ।
बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादन भएको आलु बजार पठाउन समस्या भएको छ ।
स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको लेतेसम्म १८ ठाउँमा पहिरो छन् । पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
बिहीबार दिउँसोदेखिको लगातार वर्षाका कारण बेनी–जोमसोम र बेनी दरबाङ सडक अवरुद्ध भएका छन् ।
लगातारको वर्षाले गर्दा ठाउँ ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध हुँदा बेनी जोमसोम कोरला कालिगण्डकी कोरिडोर र बेनी–दरबाङ सडकको सोझो यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको हो । अवरुद्ध सडक साँझ आठ बजेसम्म पनि खुलेका छैनन् ।
यसैगरी पश्चिम म्याग्दी र बागलुङ जोड्ने बेनी–दरबाङ सडकको फापरखेत घुमाउने भिरमा आएको पहिरोले शनिवार बिहानैदेखि सडक अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार लगातारको वर्षाले गर्दा अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण जनजीवनमा समस्या भएको छ ।
बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत नजिकको घुमाउने भीरको ठाढो खोल्सोमा आएको पहिरो र गेगर सहितको लेदोले सडक अवरुद्ध भएपछि शनिवार विहानैदेखि सवारी साधन र पैदल यात्रुहरु समस्यामा परेका छन् । पहिरो खसिरहेकोले सडक खुलाउने प्रयास सफल हुन नसकेको प्रहरीले जनाएको छ ।
कालीगण्डकी र म्याग्दी नदीमा पानीको सतह बढ्यो : सतर्क रहन आग्रह
तीन दिनदेखिको लगातार वर्षाका कारण म्याग्दी भएर बग्ने कालीगण्डकी र म्याग्दी नदीमा पानीको बहाव बढेको छ ।
म्याग्दी र मुस्ताङमा शुक्रवारदेखिको वर्षाले कालीगण्डकी र म्याग्दी नदीमा पानीको सतह ह्वात्तै बढेको हो । नदीमा पानीको बहाब बढेसँगै नदी आसपास क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन अपिल गरिएको छ ।
पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले तटीय, नदी आसपास क्षेत्रमा दाउरा तथा बालुवा संकलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ । पानीको बहाव बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र उच्च जोखिममा पर्ने गर्छ ।
पानीको सतह बढेको बेला नदीबाट काठलगायतका वस्तु निकाल्न किनारमा नजान सचेत गराइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।
सदरमुकाम बेनी हुँदै उत्तरी म्याग्दी र मुस्ताङ जोड्ने बेनी जोमसोम सडकखण्डबाट खसेको बाढीपहिरो र राहुघाट नदी र खोल्लाखोल्सीको बाहबका कारण समेत तटिय क्षेत्र कटानको जोखिममा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच