घट्यो सुनको मूल्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्थानीय बजारमा सुन मूल्य प्रतितोला रु नौ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार एक सय निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४३ हजार चार सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ८५ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?