
ढोकाबाट भित्र छिरेपछि त्यो संसार यही हो तर अर्कै । मान्छेहरू यिनै हुन् तर अर्कै । स्वभाव यही हो । संस्कार यही हो । संस्कृति यही हो । सभ्यता रीतिरिवाज सबै सबै यिनै हुन् । मान्नेहरू अपवादमा होलान् । नमान्नेको अधिकता भएर नै त त्यहाँ पुगेका छन्, छौँ, छु । खोरभित्रको नयाँ संसार । चहलपहल छुट्टै । व्यवहार छुट्टै । बोलीचाली छुट्टै तर मान्छे तिनै– चोर, चण्डाल, ठग, हत्यारा, लुटाहा जम्मैको जमघट, जम्मैको उपस्थिति एकै ठाउँमा । दालभात अचार छुट्टैको खोजले दिक्क भइरहेको मानसिकतामा जे खोजे पनि तुरुन्त एकै ठाउँमा आँखाआँखाले भरपुर अध्ययन गर्न सकिने, दिलदिमाखमा राख्न सकिने । एकै पटक सबै खाले स्वाद एकै ठाउँमा मजाले पाइने– खिचडीको लोक जेलको लोक जेल जीवन ।
कोठा नम्बर एक । कोठा नम्बर दुई । कोठा नम्बर तीन । कति हो ? सायद पाँचसम्म हुन सक्छ । लगातार एकपछिको अर्कोभित्रको बयान । दिक्दार दिक्दार अब उसमा । उसभित्रको सुन्दै सोध्नेलाई पड्काई दिऊँ झैँ लाग्ने । अर्कोमा गयो चन्दा ! तिनै ठगहरूका बिग्बिगी । तिनै चोर ठालुहरूको चमकधमक त्यता पनि । म सोच्थेँ बाहिरी दुनियाँमा उन्मुक्त उडुन्जेल– जेल सुधार गृह हो । त्यहाँ पस्नासाथ मनोविज्ञानको चस्काले पहिलो झड्का दिन्छ– आहाको । ग्रन्थीहरू माझिन्छन् । किरिङ्मिरिङ् बाहिरी संसारका झोरझमेला, दुःखबाट वाक्कब्याक्क भएका मनस्थितिमा शान्ति छाउँछ । यो पक्ष त कस्टडीदेखि जेलसम्म नै शून्य छ । पेटभोकाले खान पाउँछन्, आङ् नाङ्गाले लाउन पाउँछन्, शीत चुहेका शिरले ओत पाउँछन् । यी तीन चिज चाहिँ सोचेभन्दा अलि अलग भए पनि छन् नै ।
सफा, स्वच्छ मान्छेको प्रशासनिक संयन्त्रहरू होलान् । दूधको दूध पानीको पानी जस्ताका त्यस्तै छुट्टिएलान् । आरामको संसार सत्य÷असत्य छुट्टिएपछि त अनुभव पनि हुने, बस्नु पनि नपर्ने । म यो दृढ मानसिकतामा थिएँ । छन् पनि त्यसभित्र सबै थोक । अलग–अलग कार्यालय छन् । अफिसहरू छन् । उजुरी गर्ने ठाउँ छन् । न्याय –अन्यायका वकिलहरू छन् । न्यायाधीशहरू नियमाङ्कित नभए पनि छन् । इन्साफ खोज्न पाइन्छ । खोज्नु र पाइनु अलग कुरा हो । मेरा सोचका भण्डारमा अचानक त्यति बेला बिर्का लागे जति बेला ती जे जति छन् त्यसैभित्रका अनुहार हुन् भन्ने चाल पाएँ ।
सामान्य मानवीय सिद्धान्त त चोरले चोरलाई अझ बढी चोर बनाउँछ । अमानवले अर्को अमानवलाई अझ ठूलो अमानव बनाउँछ । प्राकृतिक सिद्धान्तमा समेत यही नियम लागू हुन्छ । यो नियमको कुरामात्र नभएर व्यावहारिक सत्यता पनि हो ।
पूर्णतः सुधार हुनु भनेको त्यहाँ नहुनु हो अर्थात असलको त्यस उचाइमा पुगेपछि व्यक्ति जेलजीवनबाट मुक्त भइसकेको हुन्छ । त्यस उचाइमा नपुगुञ्जेलको व्यक्ति आफैँमा दागी हुन्छ, अभियुक्त हुन्छ । उसले अर्को दागी वा अभियुक्तलाई सुधार्छ कसरी ? यस परिभाषामा न सामान्य मानवीय औचित्य झल्किन्छ न प्राकृतिक सुरुको न्याय सिद्धान्त अनि यसको अर्थ के ? सामान्य मानवीय सिद्धान्त त चोरले चोरलाई अझ बढी चोर बनाउँछ । अमानवले अर्को अमानवलाई अझ ठूलो अमानव बनाउँछ । प्राकृतिक सिद्धान्तमा समेत यही नियम लागु हुन्छ । यो नियमको कुरा मात्र नभएर व्यावहारिक सत्यता पनि हो । कुनै पनि राजनीतिक विचारधाराको जेलभित्र प¥यो र ऊ निकै आकर्षक व्यक्तित्वमा छ भने साधुलाई क्रान्तिकारी बनाएका उदाहरण हामी विश्वभरि नै पाउन सक्छौँ ।
सुवासचन्द्र बोसले पाँचमिनेट मात्र मन्तव्य दिन पाउँदा हजारौँको समूहलाई विद्रोहको ज्वाला बोकेर सजिलै सडकमा उतार्न सक्थे रे । त्यसैले अहिंसावादी क्रान्तियोद्धा महात्मा गान्धी भन्थे– एक सेकेण्ड पनि बोसलाई मसँग भेट्ने अनुमति नदिनु । उता सुवासचन्द्र बोस पनि पलभरसम्म गान्धीसँग भेट्न चाहँदैनथे रे । कारण भेट भई वाक्योच्चारण मात्र भए पनि एकले अर्कालाई आफ्नो बनाउने भय दुवैमा भएकाले दुवै एकअर्कालाई भेट्न नै नचाहँने । गान्धी जस्ता तपस्वीलाई त त्यस्तो हुन्थ्यो भने सामान्य मान्छेका त कुरै छाडौँ । नेपालमा पनि तत्कालीन नेपाली काङ्ग्रेसका क्रान्तिकारी नेता डा.केआई सिंहले पलभरमा नै सेनाका वैचारिक श्लेट परिवर्त गराएका छन् र नै उनी चौबीस घण्टे राजा हुन सफल भए । भलै पछि राजा महेन्द्रको यस्तै मोहजालमा परेर प्रधानमन्त्री हुन किन नपुगुन् । महेन्द्रको यसै जासुसी आकर्षणले आफ्नो अटल वैचारिक यात्राबाट विचलित हुनुको उदाहरण पनि त यसकै अकाट्य अर्को प्रमाण हो ।
छयासी जनाका जाममा लाम लागेर लहरै सुत्दाको अनुभूति कस्तो होला ? अकल्पनीय अन्धाधुन्ध आनन्द मान्नोस् आनन्द नै हो । दुःख मान्नोस् दुखैदुःखको पौडन नै नसक्ने सागर । बाँच्ने इच्छा राख्नोस् दुःखको अर्थ नै रहन्न । जीवनबाट निरास भई हरेस खानोस् त्यसभित्रै समाप्तिका बाटा राम्ररी निर्माण गर्न सकिन्छ ।
सुधारका देखावटी नाटकको जेल अर्को बिगारको डरलाग्दो पाठशाला रहेछ । हरेक जेलका जेलरहरू क्रमबद्ध बिगारका गुरु बन्दा रहेछन् । प्रवेशकर्ता समूह कैदीसँग केरकार र प्रश्नकै क्रममा उनीहरू यसबापत यति भनेर रकम दिनुपर्ने कागजमा हस्ताक्षर गराउँदा रहेछन् । साथमा भए त्यति नै बेला उनीहरू असुलीका हात फैलन्छन् । चलाखी कस्तो भने सबै कुरा बुझेपछि त उसले नदिन सक्छ अनि सुरुमा नै बाध्य । बदलाको विचार अझ वृद्धि हुने कार्य भएका ठाउँमा खराब असल हुने त कुरै छाडौँ भएको असल पनि खराब हुने चाहिँ पक्का छ । यसर्थ जेल साधुलाई चोर बनाउन त सजिलै सक्छ चोरलाई साधु बनाउँने सोचको कल्पना नै नगरौँ ।
छयासी जनाका जाममा लाम लागेर लहरै सुत्दाको अनुभूति कस्तो होला ? अकल्पनीय अन्धाधुन्ध आनन्द मान्नोस् आनन्द नै हो । दुःख मान्नोस् दुखैदुःखको पौडन नै नसक्ने सागर । बाँच्ने इच्छा राख्नोस् दुःखको अर्थ नै रहन्न । जीवनबाट निरास भई हरेस खानोस् त्यसभित्रै समाप्तिका बाटा राम्ररी निर्माण गर्न सकिन्छ । महतप्रभ । निरास । विक्षिप्त !! हरेक मान्छेका अनुहारमा यमराजको स्वरूप देख्न लागेँ । सँगै कैदीका रूपमा एउटै अभियोग लागेका अझ भन्ने हो भने सही अभियुक्त उनीहरू तिनका जालमा जेल परेको कथित अभियुक्त म । तिनका अनुहार देख्दै यसै जेल उसै जेल नरसिंहका नङग्रा निकालेर प्रहृलादका स्वरूपमा त्यहीँ घुक्रुक्क बनाइदिऊँ जस्तो घरी घरी लागिरहँने ।
यस उन्मादको मात्रा ज्यादा हुँदै गएपछि यिनका सामुबाट अलग भएर अन्य कैदीमित्रसँग घुल्मिल हुन लागेँ । आफू जेल पर्नाका कारण खोल्ने र उनीहरूका नालीबेली अनुभव लिने क्रममा म अर्कै संसार देख्न लागेँ । लामो समय प्रणय प्रसङ्ग चलेर विवाहको प्रस्ताव राख्दा नमानेपछि सुन्धाराका गेष्टहाउसमा प्रेमिकालाई सिध्याएर भाग्दा पनि पक्रिई त्यहाँ पुगेका कैदी ज्यानमारा मित्रसँग निकै गाढा मित्रता भयो । उनी अलि डराएका जीवन समाप्त भयो भन्ने भयले । यो सोच्ने अहिले होइन त्यस बेला सोच्नु पथ्र्याे अनि पो तिमी अपराधबाट जोगिन्थ्यौ र समाजबाट पनि ।

अपराध गरिसकेपछि त तिमी समाजसँग भन्दा यहीँ सुरक्षित छौ । मन समालिसकेपछि यहीँबाट अध्ययनलाई पूरा गर्न सकिन्छ तिमीलाई इच्छा भएमा । अर्कातिर अर्का खालकालाई मित्र बनाएँ । ती मित्र जकमा परेका रहेछन् । जक भनेको जबर्जस्ती करणी । यो चाहिँ जेलजीवनको सबभन्दा कठोर सजायमध्येमा पर्दोरहेछ । यसमा जेलभित्र जतिसुकै असल काम गरे पनि असल आफू बने पनि एक सेकेण्ड कम नहुने पन्ध्र वर्ष ठ्याम्मै । अनेकौँ भिन्न किसिमका कैदी जीवनका अनुभव लिइसकेपछिको चरम आनन्दानुभूति, चाहेर पनि यसलाई कसले पैसामा किन्न सक्छ र ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच