ओखलढुंगा । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ११ ले बृद्ध–बृद्धालाई सम्मान गरेको छ । वडाभरिका ७५ वर्ष भन्दा माथिका बृद्ध–बृद्धालाई खादा ओढाई फाईबर सिरक र छाता वितरण गर्दै सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख तेजेन्द्र खनालले खादा ओढाई सिरक र छाता वितरण गरेर सम्मान गर्नुभएको छ । वडा भरी रहेका ७५ वर्ष भन्दा माथीका ५० जना बृद्ध–बृद्धालाई एक–एक थान फाइबर सिरक र एक–एक थान छाता वितरणका साथै स्वास्थ्य परीक्षण समेत गरिएको वडा अध्यक्ष विनोद कुमार ताम्रकारले जानकारी दिनुभयो ।
वडा कार्यालयमा सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा सिरक र छाता वितरण गरिएको छ । सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन खनाल (तेजेन्द्र) को प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख खनालले यस्ता खालका सम्मान कार्यक्रमले बृद्ध बा–आमाहरुमा हौसला प्राप्त हुने बताउनु भयो । सबै मानिसहरु बच्चा, युवा हुँदै बृद्धा हुन्छन्, बृद्ध भएपछि शरिर कमजोर हुने, रोगले च्याप्न सक्ने भएकाले सोचेअनुसारको समाजमा काम गर्न सक्ने अवस्था रहँदैन । त्यसैले उहाँहरुको मनोवल उच्च बनाउन पनि सम्मान तथा भेटघाट कार्यक्रमको आयोजना गरिनु सह्रानिय काम भएको बताउनु भयो ।
यो आर्थीक वर्षमा वडा कार्यालयबाट रकम बिनियोजन गरी १ लाख ४० हजार बराबरको सिरक र छाता वितरण गर्दै बृद्ध–बृद्धालाई सम्मान कार्यक्रमको आयोजना गरिएको वडासचिव चुडा दाहालले बताउनु भयो । वर्षाको समय छ, पानी परेको बेलामा बाहिर फेरो गर्नलाई ओढ्न छाता र बेलुका सुत्दा ओढ्न सिरक पाएपछि बृद्ध बा–आमाहरु खुशी भएका छन् । सम्मान ग्रहण तथा फाईबर सिरक, छाता लिदै अध्यक्ष विनोद ताम्रकार र सम्पुर्ण वडा परिवारलाई धन्यबाद दिएका छन् ।
बृद्ध बा–आमा भनेका डाँडापारीका जुनघाम जस्तै हुन, यसपाली भेटभएका बृद्ध बा–आमा अर्काे साल भेट नहुन पनि सक्ने भएकाले संझना स्वरुप सम्मान गरिएको अध्यक्ष ताम्रकारले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच