
काठमाडौं । किरण माइकल घिमिरेको लेखन निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने भएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा रहेन यो सिरिजको हाल प्रि-प्रोडक्सनको काम भइरहेको निर्देशक घिमिरेले जानकारी गराउनुभयो । करियरको दुई दशक लामो समय सांगीतिक र फिल्मी क्षेत्रमा खर्चिनुभएका घिमिरे हाल अष्ट्रेलियामा हुनुहुन्छ ।
‘मोड’सिरिजले वैदेशिक ग्रीनकार्ड, प्रेम र विवाहसम्मको कथावस्तु पेश गर्नेछ । १८ महिना लगाएर लेखिएको भनिएको यो सिरिज आध्या प्रोडक्सन अष्ट्रेलियाको ब्यानरमा तयार हुनेछ । नौ एपिसियोडमा तयार हुने सिरिजमा १२ वटा ओएसटी समावेश हुने घिमिरेले जानकारी गराउनुभयो ।
सेप्टेम्बर दोस्रो साताबाट छायांकनमा जाने सिरिजमा हालसम्म आकाश पल, अभी सुनार, पवित्रा केसी र रमेश सेञ्चुरी प्रमुख कलाकारमा फाइनल हुँदा अन्य कलाकारको अष्ट्रेलियामै खोजी भइरहेको निर्माण टिमले जनाएको छ । सिरिज ओटिटी प्लेटफर्ममा रिलिज गरिने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच