बाँके । बाँकेको कोहलपुरबाट नक्कली प्रहरी नायव उपरिक्षक डिएसपी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक नारायण डाँगीका अनुसार बाँकेका सरकारी कार्यालय तथा अन्य क्षेत्रमा आफु सिआईवि र राष्ट्रिय अनुसन्धानको डिएसपी हुँ भन्दै ठगी गर्ने दैलेख नारायण नगरपालिका-५ का ३० वर्षिय नैनसिंह विक पक्राउ परेका हुन् ।
विकलाई नक्कली डिएसपी बनेको आरोपमा पक्राउ गरिएको उहाँले बताउनु भयो । प्रहरीका अनुसार आफु नविन शाही अनुसन्धानको डिएसपी हुँ भन्दै विगत ३ महिना देखि कोहलपुर, नेपालगञ्जलगायतका क्षेत्रमा आफु अनुगमनमा आएको भन्दै रकम असुल्ने र सरकारी कार्यालयमा गएर कर्मचारीहरु संग पनि भेटघाट गर्ने गरेको पाइएको छ ।
प्रहरीले उनलाई कोहलपुरको एनटिभि रोडबाट पक्राउ गरेको हाे । उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच