
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रदान गर्ने आइसिसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको छ । नेपाल यसअघि नै एसिया क्षेत्रको विजेताका रूपमा ग्लोबल अवार्डका लागि मनोनयनमा परेको थियो । आइसिसीले डेभलपमेन्ट अवार्डअन्तर्गत विभिन्न ६ शीर्षकमा ग्लोबल अवार्ड दिने गरेको छ ।
आफ्नो एसोसियट सदस्यले क्रिकेटको विकासमा हात पारेको सफलताका आधारमा यी अवार्डहरू आइसिसीले दिने गरेको छ । ‘आइसिसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर अवार्ड’ मेक्सिकोलाई, ‘१०० पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दी इयर अवार्ड’ ओमानलाई, ‘आइसिसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ नेदरल्याण्ड्सलाई, ‘आइसिसी एसोसियट मेम्बर वुमन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ युएईलाई र ‘क्रिकेट फर गुड सोसियल इम्प्याक्ट इनिसियटिभ अफ दी इयर अवार्ड’ स्कटल्याण्डलाई प्रदान गरिएको छ ।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा हाल क्यानको सचिव रहनुभएका पारस खड्काले क्यान र क्रिकेटलाई समर्थन गर्ने लाखौं शुभेच्छुकको प्रशंसा गर्नुभएको छ । ‘यसले हाम्रा शुभेच्छुक, फ्यानलगायत क्रिकेट समुदायको सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ । जो वर्षौंदेखि हाम्रो सबैभन्दा ठूलो शक्तिका रूपमा रहेका छन्,’ खड्काले भन्नुभएको छ, ‘महिला, पुरुष दुवै खेलको प्रवद्र्धन गरेर, हामी ऊर्जावान, समावेशी माहोल सिर्जना गरेर जीवन्त क्रिकेट संस्कृतिको विकास गर्ने प्रयास गरिरहेका छौँ ।’ खड्काले क्यानले लिएको डिजिटल रणनीतिले फ्यानहरूलाई थप नजिक बनाउन भूमिका खेलेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘यसले हामीलाई थप ऊर्जा दिएको छ । हामीलाई खेलको विकास र हाम्रा प्रशंसकहरूलाई संलग्न गराउने हाम्रो मिसन जारी राख्न प्रेरित गर्नेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच