
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नुभएको छ । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औं जन्मजयन्तीका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले-२०७९ र २०८० सालका पुरस्कार अर्पण गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, संगीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई अर्पण गर्नुभएको थियो । यस्तै, प्रधानमन्त्री ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, संगगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिला सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार अर्पण गर्नुभएको थियो ।
छिन्नलता गीत, संगीत र गायन पुरस्कारको राशी जनही एक लाख रुपैयाँको छ भने युवा पुरस्कार ५० हजार रुपैयाँको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा भएका प्रतिभालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । कला, संस्कृति, संगीत, गायन, नृत्यलगायतका विधालाई निरन्तरता दिने सन्दर्भमा छिन्नलताको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच