काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा भ्रष्टाचारसम्बन्धी २०१ मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । जसमा गैरकानुनी लाभहानिका ५८, घुसका ४८, नक्कली शैक्षिक प्रमाणपत्र ३४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी ३४ वटा मुद्दा छन् । त्यसैगरी, राजस्व हिनामिना १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध तीनवटा मुद्दा रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर ती आरोपपत्रहरूबाट आठ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रुपैयाँ ४४ पैसा बिगो माग दाबी गरेको छ ।
आरोपपत्रमा प्रतिवादीको संख्या एक हजार ५२० जना रहेका छन् । जसमध्ये सरकारी कर्मचारी ५२४, निर्वाचित जनप्रतिनिधि १०१, मनोनीत पदाधिकारी १८१, लेखापढी व्यवसायी दुई, बिचौलिया दुई र व्यवसायी ९१ जना छन् । त्यसबाहेक अन्य ६१९ जना छन् । आयोगका अनुसार सोही आर्थिक वर्षमा परेका जम्मा ३५ हजार ७९० उजुरीमध्ये २७ हजार ३७५ उजुरी फस्र्योेट भएका छन् ।
पछिल्लो एक वर्षमा रंगेहात पक्राउका ३२ घटनामा ४४ जना पक्राउ परेको र तीमध्ये ३२ जना राष्ट्र सेवक कर्मचारी भएको अख्तियारको तथ्यांक छ ।
८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध मुद्दा
आयोगले गत आर्थिक वर्ष २०८०/०८१ मा ८१ वटा स्थानीय तहका ४३४ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको छ । आर्थिक वर्ष सकिएलगत्तै स्थानीय तहविरुद्ध चलेका मुद्दाको एकीकृत विवरण आयोगले सार्वजनिक गरेको हो । जसको पहिलो नम्बरमा २०८० साउन ७ मा ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १० जनादेखि लिएर अन्तिम तथा ८१औँ नम्बरमा हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध मुद्दा चलाएको छ ।
जसमध्ये सबैभन्दा बढी सिरहाको नवराजपुर गाउँपालिका अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १४ जनाविरुद्ध मुद्दा चलेको छ । दोस्रोमा रोल्पाको गंगादेवी गाउँपालिकाका उपाध्यक्ष रीता घर्ती र प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जना र सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध नै मुद्दा चलेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच