म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले फ्रान्सेली डिफेन्डर लेनी योरोलाई अनुबन्ध गरेको छ । युनाइटेडले सन् २०२९ को जुनसम्मका लागि १८ वर्षीय खेलाडीलाई अनुबन्ध गरेको जनाएको छ । बेलायती सञ्चारमाध्यमका अनुसार युनाइटेडले उहाँलाई भिœयाउन लिललाई ६ करोड २० लाख युरो (पाँच करोड २२ लाख पाउण्ड) दिएको छ ।
योरोले भन्नुभएको छ, ‘कद र महत्वाकांक्षा भएको क्लबमा अनुबन्धित हुनु मेरो करियरको अविश्वसनीय सम्मान हो ।’ योरोले मे २०२२ मा लिगका लागि आफ्नो व्यावसायिक डेब्यू गर्नुभएको थियो । उहाँले ४६ लिग वानका खेल खेल्नुभएको छ ।
यस्तै, म्यानचेष्टर सिटीले ब्राजिलका स्टार विंगर साभिन्होलाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ । फ्रेन्च क्लब ट्रोयसबाट सिटीले ४० मिलियन युरोमा सन् २०२९ सम्मलाई भित्र्याएको हो । २० वर्षीय खेलाडी गतवर्ष ला लिगा क्लब जिरोनामा लोनमा हुनुहुन्थ्यो । जिरोनाले सानदार प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्नुभएको थियो । त्यस्तै, युरोपियन च्याम्पियन्स लिगमा स्थान बनाएको हो । जहाँ ३७ खेल खेल्दा नौ गोल गर्नुभयो भने १० असिस्ट गर्नुभएको थियो । जिरोना र ट्रोयस दुवै सिटी फुटबल समूहका क्लब हुन् ।
सम्झौतापछि साभिन्हाले विश्वकै उत्कृष्ट क्लबमा अनुबन्ध हुँदा खुशी भएको र उत्साहित रहेको प्रतिक्रिया दिनुभयो । उहाँले गत मार्चमा ब्राजिलबाट इंग्ल्याण्डविरुद्ध खेल्दै डेब्यु गर्नुभएको थियो । अर्जेन्टिना च्याम्पियन बनेको कोपा अमेरिकामा पाराग्वेविरुद्ध पहिलो गोल गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच