
हुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाले आजदेखि जिल्लामा हुने भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै हस्ताक्षर अभियान थालेको छ । जान्नेलाई छान्ने भन्दै यस पार्टीले शनिवारदेखि जिल्लामा हुने भ्रष्टाचारविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।
रास्वपा हुम्लाका जिल्ला संगठन विस्तारका संयोजक बुधे बुढाको नेतृत्वमा भ्रष्टचार विरुद्धको कार्यक्रम आजबाट सुरु भएको हो । रास्वपा हुम्लाले शनिवार सदरमुकाम सिमकोट बजारमा भ्रष्टाचार विरुद्धको नारा लगाउँदै र्यालीसहित लोकतान्त्रीक चोकमा कोणसभा भएर सम्पन्न भएको थियो ।
रास्वपा हुम्लाले साउन महिनाभरी सदरमुकाम सिमकोटमा भ्रष्टचार अन्त्यका लागि हरेक हप्ताको शनिवार हस्ताक्षर कार्यक्रम गर्नुका साथै बजार क्षेत्र सरसफाई समेत गरिने भएको भ्रष्टाचारविरुद्ध खबरदारीका जिल्ला संयोजक महेन्द्र पाण्डेले बताउनुभयो । आज पहिलो दिन सदरमुकाम सिमकोटमा सञ्चालन भएको उक्त कार्यक्रममा तीन सयम जना भन्दा बढीले हस्ताक्षर गरेको उहाँले बताउनुभयो ।
जिल्लामा विकास निर्माणका कामले गति लिन नसकेर गुणस्तरीय नभएर यहाँका विभिन्न कार्यालय र स्थानीय तहमा व्यथिति भएपछि भ्रष्टचार अन्त्यका लागि आफुहरुले साउन महिनाभरी यो कार्यक्रम गर्ने पाण्डेले बताउनुभयो । भदौ महिनादेखि जिल्लाका सातवटै गाउँपालिकामा र गाउँ गाउँमा गएर भ्रष्टाचारविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गर्नुका साथै कार्यक्रम समेत सञ्चालन गरिने भएको बताइएको छ । आज बसेको रास्वपा हुम्लाको बैठकले महेन्द्र पाण्डेलाई सातवटै गाउँपालिका हेर्ने गरी भ्रष्टाचार विरुद्ध खबरदारी अभियानको संयोजक तोकिएको हो ।
जिल्लामा हुने भ्रष्टचार अन्त्यका लागि आफ्नो पार्टीले दबाब स्वरुप यो अभियान सञ्चालन गरेको रास्वपाका जिल्ला सभापति बुधे बुढाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच