
काठमाडौं । विधान कार्कीको निर्देशन रहेको गीतको भिडियो ‘आमाको ममता’ले अवार्ड प्राप्त गरेको छ । अमेरिकाको लस एन्जलसमा भएको ‘लस एन्जलस मुभी एण्ड म्युजिक भिडियो अवार्ड’ ‘आमाको ममता’ले उत्कृष्ट एशियन म्युजिक भिडियो-२०२४ को अवार्ड चुमेको हो । यसले नेपाली म्युजिक भिडियो पनि अन्तर्राष्ट्रिय स्तरका छन् र बलियो प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने प्रमाणित गरेको छ ।
यस अवार्डसमा अमेरिका, क्यानाडा, भारत, चीन, दक्षिण कोरिया, अष्ट्रेलिया, बेलायतलगायत करिब १०५ देशका थुप्रै चलचित्र, लघु चलचित्र, वृत्तचित्र, म्युजिक भिडियो र चलचित्रकर्मीहरू प्रतिस्पर्धामा थिए ।
‘आमाको ममता’ गीतमा रामकृष्ण ढकालको स्वर, अर्जुन सुवेदीको शब्द रचना र अर्जुन पोखरेलको संगीत छ । नक्षत्र प्रोडक्शनले निर्माण गरेको यो भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमाबुबा र उनीहरूसँग विछोड भएपछि गर्नुपरेको संघर्ष र त्यसपछिको सफलताको मार्मिक कथा देखाइएको छ ।
गीतको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरव पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय छ । उत्सव दाहालले छायांकन गरेको भिडियो विकास दाहालको सम्पादन छ । मनिषा पोखरेल कला निर्देशक रहेको भिडियोमा दीपेन गौतम ‘माइकल’ले प्रोडक्शन डिजाइन गर्नुभएको छ ।
‘यो अवार्डले नेपाली म्युजिक भिडियोको क्षमता र स्तरलाई अझ स्पष्ट पारेको छ । ‘आमाको ममता’ को सफलताले सम्पूर्ण नेपाली कलाकार र म्युजिक भिडियो निर्माता-निर्देशकलाई अन्तर्राष्ट्रियस्तरमा आफूलाई प्रस्तुत गर्न हौसला प्रदान गरेको छ’, निर्देशक कार्की भन्नुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच