साउन महिना सुरु भइसकको छ । साउनको पहिलो सोमबार पशुपतिनाथको मन्दिरलगायत देशका विभिन्न शिवालयमा दर्शनार्थीको घुइँचो लागेको थियो । यो महिना नेपाली चेलीहरूका लागि विशेष रूपमा लिइन्छ । के पनि भन्न थालिएको छ भने बाटोमा हिँडिरहेका नारीहरूलाई हेरेर नै थाह हुन्छ कि यो साउन महिना हो भनेर । हातभरि हरियो चुरा र मेहन्दी लगाएर हरियै लुगा लगाएर एक खालको फेशन जस्तै देखिएको छ साउनमा । सानो-सानो नानीदेखि हजुरआमाको उमेरसम्मका सबैले एकै खालको लगाएको देखिन्छ । भनाई के पनि रहेको छ भने विवाहित महिलाले साउन महिनामा हरियो चुरा हातमा मेहन्दी लगाए लोग्नेको आयू बढ्छ रे । अनि अविवाहिता महिलाले लगाए मनले चिताएको पाइने लोभले यस्तो फेशन बढ्दै गएको पाइन्छ । हरियो चुरासँग श्रीमान्को स्वास्थ्यको के र कुन आधारमा सम्बन्ध छ त्यो त थाहा छैन तर हामीहरू यो सबै गरिरहेका छौं ।
पछिल्लो समयमा फेशनले गर्दा चाडवाड र संस्कृतिहरू जोगिरहे पनि वास्तवमा आफ्नो संस्कृतिलाई जीवन्त बचाइ राख्नुपर्छ भन्नेहरूको कमी छैन । हाम्रा सांस्कृतिक धरोहरहरूलाई जोगाइ राख्न के युवा के युवती वा वृद्धवृद्धाहरू नै किन नहुन्, सबै लागिपरे हाम्रो देश सधैंभरि सांस्कृतिक र धार्मिक सम्पदामा धनी भइरहनेछ ।
साउन प्रकृतिक रूपले हरियो महिना हुने भएकाले नारीहरूले यस्तै खालको रंगको समायोजन गर्दा तादाम्य मिलेको देखिन्छ । हरियो चुरा, पोते, मेहन्दी लगाउने कहीँ कतै शास्त्रीय मान्यता नभेटिए पनि पछिल्लो समयमा यसको चलन बढ्दो छ । यो महिनालाई शिवजीको महिना भनेर पूजा आजा गरिन्छ । यो एउटा आस्था पनि हो । पछिल्लो समयमा देशलाई धर्म निरपेक्ष भनिए पनि हाम्रो देश हिन्दुहरूको बाहुलियता भएको देश हो । हिन्दू धर्ममा हरेक दिन केही न केही चार्ड पर्व र तिथिहरू रहेका हुन्छन् ।
हामीले गत १ गते साउने संक्रान्तिको रूपमा मनायौँ । साउन महिना फेरि हिन्दु नारीहरूका लागि त्यतिकै महत्व छ र शिवजीको आराधनाका रूपमा लिइन्छ । हिन्दु धर्मावलम्बीहरूले मनाउने चाडहरूमध्ये साउने संक्रान्ति एउटा महत्वपूर्ण चाडपर्व हो । ज्योतिष शास्त्रानुसार सौर्य तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ भनिएको हो । सूर्यले सबै राशिलाई प्रभावित गरे तापनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्व पूर्ण मानिन्छ ।
साउने संक्रान्तिका दिनदेखि सूर्य उत्तरी गोलार्दबाट दक्षिणिगोलार्दतर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रातलामो हुँदै जाने विश्वास गरिन्छ । साउन महिनाले नेपाली खास गरी हिन्दु धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ । हिन्दु धर्मानुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकाले हिन्दूधर्मावलम्बीले साउनदेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्नसक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजागर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । धार्मिक दृष्टिले साउन महिना पवित्र महिना मानिन्छ । साउनमा सोमबारको छुट्टै महत्व छ ।
साउन महिनामा पार्वतीले शिवलाई पाउनका लागि व्रत बसेको र व्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासमा नेपाली महिलाहरूले श्रीमान्को भलाइको कामना गर्दै व्रत बस्दै आएका छन् । साउन महिनाभर माछामासु नखाई, हरियो चुरा र मेहेन्दीलगाई व्रत बस्दा अविवाहित महिलाहरूले राम्रो वर र विवाहितहरूले आफ्नो पतिको आयू लामो हुने तथा परिवारमा सुख, शान्ति र अटल सौभाग्य प्राप्तहुने जनविश्वास छ ।
साउन महिनाको हरेक सोमबार बिहानैदेखि महिलाहरूको काठमाडौंको पशुपतिनाथ मन्दिर तथा देशका अन्य शिवमन्दिरमा पनि महिलाहरू श्रद्धाभक्तिपूर्वक पूजार्चना गर्ने गर्दछन् । साउन महिना हरियो भएका कारण हिजोआज हरियो चुरा, हरियै रंगका कपडा तथा मेहन्दीको व्यापार बढ्दो छ । काठमाडौंको विशेषतः न्यूरोड, अशन, पुतलीसडक, सुनधारा, पशुपतिनाथ मन्दिर आसपासका पसलमा हरियो चुरा र मेहन्दी लगाउने युवतीहरूको भिड नै लाग्ने गर्दछ । यसरी पसलमा भीड लाग्नुको मुख्य कारण भनेको अरूको सिको गर्नु हो । धर्म कर्ममा विश्वासभन्दा पनि फेशनकै आधारमा युवतीपछि लागेकाले पनि यसको व्यापार बढेको देखिन्छ ।
पछिल्लो समयमा फेशनले गर्दा चाडवाड र संस्कृतिहरू जोगिरहे पनि वास्तवमा आफ्नो संस्कृतिलाई जीवन्त बचाइ राख्नुपर्छ भन्नेहरूको कमी छैन । हाम्रा सांस्कृतिक धरोहरहरूलाई जोगाइ राख्न के युवा के युवती वा वृद्धवृद्धाहरू नै किन नहुन्, सबै लागिपरे हाम्रो देश सधैंभरि सांस्कृतिक र धार्मिक सम्पदामा धनी भइरहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच