काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’मा अलिशा बाँस्तोला अनुबन्धित हुनुभएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई अनुबन्ध गरेको हो । जेठ २४ गतेबाट छायाकंन सुरु गरिएको यो चलचित्रको केही दिनअघि ओखलढुंगाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पहिलो चरणको छायांकन सकिएको थियो । दोस्रो चरणको छायांकन भक्तपुरको दुवाकोटबाट सुरु गरिएको छ ।
चलचित्रमा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाललगायत कलाकारको अभिनय छ । सोसल-ड्रामा चलचित्रले गन्धर्व परिवारको कथा भन्नेछ । सरोज पौडेलले निर्देशन गरेको चलचित्रको कथा पनि उहाँले नै लेख्नुभएको हो । अलिशाको यो डेब्यु चलचित्र हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच