
काठमाडौं । यो वर्षको शोभा-अर्जुन संगीत पुरस्कार गायिका कोपिला गौतमलाई अर्पण गरिएको छ । शोभा अर्जुन संगीत कोषका अध्यक्ष आशिष तिवारीले शुक्रबार गौतमको निवासमा नै पुगेर पुरस्कार प्रदान गर्नुभएको हो । उहाँसँगै कोषका सदस्यद्वय स्मृति तिवारी र ऋचा तिवारी पनि गौतम निवास पुग्नुभएको थियो ।
गायिका गौतमको स्वास्थ्य अवस्थाको प्रतिकूलताका कारण उक्त पुरस्कार उहाँको निवासमा नै प्रदान गरिएको कोषले जनाएको छ । गायिका गौतम विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । त्यही भएर यो वर्ष कोषले औपचारिक कार्यक्रम नगरेको जनाएको छ ।
नेपाली लोक संगीत तथा लोक दोहोरी विधामा करिब २० वर्षदेखि गौतमले योगदान पु¥याउँदै आउनुभएको छ । शोभा अर्जुन संगीत कोषले २० हजार रुपैयाँको पुरस्कार राशि प्रदान गरेको हो । प्राध्यापक तथा गायिका स्वर्गीय शोभा तिवारी लोहनीको ७१औँ जन्मजयन्तीको अवसर पारेर शुक्रबार उक्त पुरस्कार गौतमलाई प्रदान गरिएको हो । प्राध्यापक तिवारीसँग ललितकला क्याम्पसमा उहाँको विद्यार्थीका रूपमा गौतमले नेपाली लोक संगीत अध्ययन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच