एजेन्सी । इंग्लिस क्लब चेल्सीले गोलकिपर फिलिप योर्गेनसनलाई भियारियालबाट सात वर्षको सम्झौतासहित अनुबन्ध गरेको छ ।
गत सिजन भियारियालबाट पहिलो रोजाइको गोलकिपर बन्दै २२ वर्षीय योर्गेनसनले कुल ३७ खेल खेल्नुभएको थियो । उहाँलाई चेल्सीले २०.७ मिलियन पाउण्डमा भित्र्याएको हो ।
‘यो मेरा लागि सपना पूरा भएको सम्झौता हो । म विश्वकै ठूलो क्लबमध्येको एक चेल्सीसँग सम्झौता गर्न पाउँदा निकै उत्साहित छु,’ सम्झौतापछि गोलकिपर योर्गेनसनले भन्नुभयो, ‘म मेरा नयाँ सहकर्मीसँग परिचय गर्न र खेल्न व्यग्र प्रतीक्षामा छु ।’
योर्गेनसनले चेल्सीमा पहिलो रोजाइको गोलकिपर बन्न रोबर्ट सान्चेजसँग प्रतिस्पर्धा गर्नुहुनेछ । उहाँले १५ वर्षको उमेरमा भियारियालसँग सम्झौता गर्नुभएको थियो । युवा टिम हुँदै क्लबको बी टिमबाट समेत खेल्नुभएका योर्गेनसनले सन् २०२३ मा सिनियर टिमबाट ‘डेब्यु’ गर्नुभएको थियो । उहाँले गत वर्षको जनवरीमा भियारियालबाट ला लिगाको पहिलो खेल खेल्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच