
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त आहृवान गरेको छ । बुधबार सूचना जारी गर्दै मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेको हो । सूचना अनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ ।
प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरूले भने नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता योग्यता तोकिएको छ । गत साउन ९ गते बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिएसँगै चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली छ । बोर्डको अध्यक्ष पदका लागि अहिले सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डीसी, अभिनेत्री करिश्मा मानन्धर, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, फिल्म निर्देशक नरेश पौडेल, सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा र अर्जुनकुमार डंगोल दौडधुपमा लागेको सिनेवृतमा चर्चा छ । बोर्ड अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ ।
दरखास्ता आहृवान गरिए पनि बोर्डको अध्यक्षमा राजनीति हस्तक्षेप हुने गर्दछ । यसअघि भुवन केसी कांग्रेसमा प्रवेश गरेपछि कांग्रेस नेतृत्वको सरकारले उहाँलाई अध्यक्ष बनाएको थियो । निवर्तमान अध्यक्ष केसीले अब उमेर हदका कारण आवेदन दिन पाउनुहुने छैन । भुवन केसीभन्दा अगाडि निर्देशक दयाराम दाहाल एमालेको सिफारिशमा बोर्ड अध्यक्ष बन्नुभएको थियो ।
यसपटक नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार भए पनि प्रधानमन्त्री र सञ्चारमन्त्रालयको नेतृत्वमा एमाले रहेका कारण एमालेबाटै नियुक्ति हुने सम्भावना बढी छ । अध्यक्ष पदको लागि सत्तारुढ एमालेनिकट चलचित्रकर्मीहरूले दौडधुप छ । तर यसपटक राजनीतिक नियुक्ति नभएर योग्य फिल्मकर्मीलाई अध्यक्षमा नियुक्ति गरिनुपर्ने आवाज उठिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच