(कथा)
- अनिल नेपाली
पण्डित अगस्तिको बिदाइ भयो । एउटा भरिया उनको पछिपछि पूर्वतिर हानियो । टाढाका अतिथिहरू रुँदै फर्किए । छिमेकीका दिनभरी आँखा रसाए । किनकि, आज मनमतीको १३औं दिनको पुण्यतिथि थियो । मर्ने बेलामा मनमतीले छोराहरूलाई भनेकी थिइन्–अम्बालाई राम्ररी पाल्नु, उमेर पुगेपछि असल कुमार खोजेर दिनु..। तर, त्यही बेलुका अम्बालाई अब कसले पाल्ने भन्ने विषयमा जेठो र कान्छो दाजुबीच कुरा मिलेन । झगडा सुरु भयो । दुवै आँगनमा साँढे झै मडारिन थाले । अम्बा रुँदै गाउँ पसी ।
अम्बा अर्थात् १० वर्षकी अबोध बालिका । जसलाई खान र लाउनबाहेक सांसारिक सुखभोगको आकर्षण छैन । तर, आज ऊ आफ्नै घरमा फोहोरको पोको जस्तै हुन थाली । ऊ प्रायः छिमेकी सेती बज्यैकहाँ जान्थी र उतै बस्ती । सेती बज्यै र मनमती मिल्ने छिमेकी थिए । कुनै दिन मनमतीले सेती बज्यैलाई भनेकी थिइन्–दिदी तपाईंलाई पतिको शोक छैन । सन्तानले शान्ति दिएका छन् । त्यसैले पक्कै म तपाईंभन्दा पहिल्यै मर्नेछु । मेरा छोराहरूको भर छैन । म छिट्टै मरेभने अम्बालाई असल कुमार खोजेर दिनु । तपाईंको गुण म स्वर्गमा तिर्नेछु ।
हेमन्त ऋतुको एक दिन घाम अस्ताउने बेलामा एकजना अर्धबैंसे पुरुष सेती बुढीको आँगनमा लखतरन भएर उभियो । उसले बुढीलाई चिने झै हेरिरहृयो । बुढीले पनि चिने झै आँखा तानेर हेरिरहिन् । तर, अपरिचित भए झै दुवै बोलेनन् । एकछिन् शून्यता छायो । बुढी अचानक बोलिन् । त पुसमान होइनस् ? खुशी हुँदै पुरुषले बोल्यो–हो दिदी हो म पुसमान भोटे कुसुमपुरबाट आएको । बीस वर्षअघिको धमिलो स्मृतिलाई बुढीले सम्झिइन् । सानो छँदा पुसमान बुढीकी आमासँग पछिपछि लागेर आइरहन्थ्यो । तर, १५ वर्षअघि बुढीगंगामा आएको बाढीले उसको घर बगाएपछि कहिल्यै आएको थिएन । यतिका वर्षपछि आइतीलाई भेट्न पाउँदा बुढी खुशीले गद्गद् भइन् । बेलुका खाना खाइसकेपछि पुसमानले मन खोलेर बात मा¥यो ।
दिदी बाढीले घर बगाएपछि म गर्मीको चराझै कालापहाडतिर हानिएँ । नकमाई गाउँ फर्किनै मन लागेन । त्यहाँ धेरै दुःख गरेँ । आज मसँग उत्तर पश्चिममा प्रशस्त जमिन छ, कामदार छन् । सम्पत्ति छ तर सन्तान छैनन् । यति भनेर ऊ दुई हातले मुख छोपेर केटाकेटी झै धुरुधुरु रुन थाल्यो । जन्मदैदेखि फुटेको मेरो भाग्य उसले रुँदै भन्यो म अभागी कसैले पाल्नको निम्ति सन्तान देलान कि भनेर खोज्न आएको । कसैले आफ्ना सन्तान मलाई दिए म सुखसँग पाल्ने थिएँ । त्यसपछि ऊ झन्झन् रुन थाल्यो । चुल्होको कुनाबाट अम्बाले पुसमान रोएको वाल्ल परेर हेरिरही । पुसमानले आँसु बग्दै गरेको आँखालाई टम्म कस्यो । र हत्केलामा टाउको राखेर चुपचाप बस्यो अनि एकछिनमा भुसुक्क निदायो ।
सम्पत्ति छ तर सन्तान छैनन् । यति भनेर ऊ दुई हातले मुख छोपेर केटाकेटी झै धुरुधुरु रुन थाल्यो । जन्मदैदेखि फुटेको मेरो भाग्य उसले रुँदै भन्यो म अभागी कसैले पाल्नको निम्ति सन्तान देलान कि भनेर खोज्न आएको । कसैले आफ्ना सन्तान मलाई दिए म सुखसँग पाल्ने थिएँ । त्यसपछि ऊ झन्झन् रुन थाल्यो ।
राति बुढीको मनमा एउटा यस्तो विचार विष्फोट भयो पुसमानको साथमा अम्बालाई कुसुमपुर पठाइदिने । उनले तुरुन्त अम्बालाई निन्द्राबाट व्युँझाएर भनिन्–तँ त्यो मान्छेसँग कुसुमपुर जान्छेस् ? तर अम्बालाई सपनामा डरलाग्दो यमराज आएर त मसँग जान्छेस् भनेजस्तो भयो । अम्बा जान्न भन्दै चिच्याउन थालि । पर्दैन जानु भन्दै बुढीले फकाइन् । अम्बा डराउँदै फेरि निदाइ । बुढी पनि छेवैमा खोक्दै सुतिन् ।
भोलीपल्ट विहान बुढीले अम्बा र पुसमानलाई लिएर अम्बाको घरमा गई । अम्बाको जेठो दाजु गाउँबाट हराइसकेको थियो । अब सोध्नुपर्ने कान्छो दाइलाईमात्र थियो । त्यो अपरिचित मान्छेसँग जान्न भन्दै अम्बाले बुढीको फरिया समातेर ठूल्ठूलो स्वरमा रून थाली । बुढी पनि रोइन् । त्यहाँ केही बज्रपात परेजसरी रुवाबासी चल्यो । अम्बाको कान्छो दाइले अनुमति दियो र उसका पुराना कपडाको पोको घरबाट निकालिदियो । अनि ढोकामा चुकुल ठोकेर कुनै अपरिचित झै भट्टतिर लाग्यो । पुसमान खुशीले गद्गद् भयो । अम्बा र बुढी अंगालो हालेर धेरै बेर रोए । दाजुले ढोकामा चुकुल ठोकेपछि अम्बा रुँदै पुसमानको पछिपछि कुसुमपुर गई ।
पुसमानकी श्रीमतीको नाम राम्री थियो । ऊ रूपको निक्कै चिन्ता गर्थी र दिनभरी आफूलाई शृंगारेर कौशीमा उत्तरका हिमाल हेरेर बस्थी । अम्बालाई भोटे र राम्रीले धेरै माया गर्थे । यतित्तैमा ६ महिना बित्यो । राम्री गर्भवती भई । त्यस घरमा सुख, शान्ति र सम्पत्ति बढ्दै गयो । राम्रीले छोरो पाई । भोटेले कुसुमपुरमा प्रशस्त भेडा काटेर भोज खुवाउँदै खुशीयाली मनायो । उसको छोराको नाम प्र्रभास राखियो । ऊ बढ्दै गयो । राम्री र भोटेले छोरालाई निक्कै माया गर्न थाले । तर अब अम्बामाथि हेला सुरु भयो । राम्रीले अम्बालाई स–साना कुरामा गाली गर्न थाली । भोटे पनि अम्बालाई देखिनसक्ने भयो । प्रभास तीन वर्षको भयो । अब अम्बा त्यस घरमा नअट्ने भई । अम्बाले आफ्नो जन्मघर फर्किने इच्छा गरी भोटेले फर्काइदियो ।
मध्यरातिसम्म अम्बा निदाइन् । सुख र दुःख, हाँसो र आँशु, भाग्य र भविष्यबारे उसको मनमा लाखौं कुराहरू खेलिरहे ।, मरेर गएका बाबुआमा र लोग्ने सम्झनामा रातभरी आए । आँशुले सिरानी भिजाइसक्दा ऊ एक निन्द्रा सुतेर ब्युँझी । उसको धोतीको आधा भाग शीतले भिजेको थियो । आकाशतिर हेरी ।
गाउँमा सेती बुढी मरिसकेकी थिई । अम्बाको कान्छो दाइले बिहे गरिसकेछ । उसकी स्वास्नीको नाम मुहान थियो । उ छुच्ची थिई । दाजु सधै रक्सी खाएर घरमा झगडा गथ्र्यो । रुरु गाउँको बद्री अम्बाको घरमा आइरहन्थ्यो । ऊ उमेरले ४५ वर्प पुगेको थियो । उसकी श्रीमती मरिसकेकी थिई । अम्बा भर्खर १४ वर्षकी अत्यन्त राम्री थिई । फुलेको गुलाबजस्ती । हुन त यो उमेरमा मानवजाति राम्रा हुन्छन् तर अम्बा विशेष थिई । बद्रीले अम्बालाई देख्ने बित्तिकै मन परायो । अब उ त्यहाँ दिनदिन आउन थाल्यो । अम्बाको कान्छो दाजुसँग नजिकियो । अर्को दिन आयो रक्सी पिलायो । अर्को दिन आयो, दिनभरी रक्सी पिलायो ।
अर्को दिनसाँझ बद्रीले आफ्नी आमाको तिलहरी सुटुक्क चोरेर मुहानको हातमा राखिदियो । मुहान खुसीले गद्गद् भई । भोलीपल्ट बद्रीले मुहानलाई भेट्न आयो । मुहानले चेप्रो घस्दै भनी बद्री दाई भन्नुस् तपाईको म के सेवा गरू ?
बद्रीले भन्यो–अम्बा मलाई निक्कै मनपर्छ । मसँग जसरी पनि उसको विहे गराइदिनु अरू सुनका गहना तिम्रा हातमा राखिदिउँला...। मुहानले खुसी हुँदै भनी, अरू सुनका गहना...? हुन्छ हुन्छ । अम्बाको बिहे तपाईसँग...? हुन्छ । यो मेरो देब्रे हातको खेल छिट्टै पूरा हुन्छ ।
राती बिस्तारामा सुटुक्क मुहानले लोग्नेलाई सबै कुरा । बद्रीले दिएको तिलहरी देखाई । अरू पनि गहना पाइने लोभले अम्बाको कान्छो दाजु खुशी भयो । उसले एउटा हातमा गहना लिने र अर्को हातले अम्बालाई टिका लाईदिएर बद्रीको साथमा पठाउने चाँजोपाँजो तुरुन्त मिलाउन स्वास्नीलाई आदेश दियो । बद्रीसँग बिहे गर्न अम्बालाई भोलिपल्टदेखि मुहानले सक्दो फकाई । दाजुले हकार्न थाल्यो । यता सेती बुढी मसिसकेकाले अम्बाको अन्त कतै जाने ठाउँ थिएन । मावलीमा आफन्त थिएनन् । घरमा बस्ने अवस्था रहेन । अन्ततः बद्रीले अम्बालाई लगिछाड्यो ।
बद्रीको घरमा उसकी बुढी आमाबाहेक कोही थिएनन् । त्यो ४५ वर्षे पुरुषलाई देख्दा अम्बा निक्कै डराउँथी । अम्बा उसकी बुढी आमासँग सुत्न जान्थी । तर, त्यो बुढी बद्री सुतेको कोठामा अम्बालाई तानेरभित्र हुत्याएर बाहिरबाट चुकुल लगाइदिन्थी । तर, बद्री निदाएपछि झ्यालबाट भागेर अम्बा बुढीसँग सुत्न जान्थी ।
दिनहरू बित्दै गए । अम्बा अर्थात् त्यो १५ वर्षे बालिका गर्भवती भई । बद्रीले उसलाई निक्कै माया गथ्र्यो । तर, अम्बा आफ्नो लोग्नेले गरेको मायाको महत्व बुझ्दिनथी । अम्बाको पेट बढ्दै गयो । उसलाई आफू आमा बन्दै गएको कुरा थाहा भएन । पेटमा बच्चा खेल्न थालेपछि उसले काउकुती लागेको अनुभुति बारम्बार गर्थी तर कसैलाई भन्दैनथी । महिना पुग्यो । छोरो पाई । उसको नाम देउता राखियो । बद्रीको परिवारमा खुशीको सिमा रहेन । टाढाटाढाबाट आफन्तहरू भेडा र घ्युका ठेकी लिएर भेट्न आए । बजारबाट महंगो चामल ल्याइयो ।
गाउँमा दुई दिनसम्म ठूलो भोज भयो । तर, केही दिनपछि बद्रीले सञ्चो नभएको महसुस ग¥यो । उसले निक्कै गाह्रो भएको कुरा आमालाई बतायो । उसले यो कुरा अम्बालाई पनि बतायो । तर, अम्बा ऊदेखि डराउँथीमात्र । छोरो जन्मिएको खुसीयालीमा भोज गर्दा सबै पेशा सकिएकाले आफ्नो उपचार गर्न बद्रीले अम्बासँग कानका मुन्द्रा माग्यो । अम्बाले तुरुन्त कानका मुन्द्रा फुकालेर बद्रीको हातमा राखिदिई । बद्रीलाई छिमेकीले बोकेर शहर लगे । बुढीले छोराको पीर गरिरही । तर, अम्बाले लोग्नेको पीर गरिन । किनकि, उसलाई लोग्नेको डरमात्र लाग्थ्यो । श्रावणको महिना भोलीपल्ट बेलुकासम्म पानी परिरहृयो । बिहानै ढोकाअगाडि आएर काग करायो । शुभ बोल भनेर बुढी रुन थाली । बेलुका घाम अस्ताउन लाग्दा छिमेकीले बद्रीको शव आँगनमा राखे । छोराको शव देखेर बुढी बेहोस् भई । अम्बा हुरीले उडाएको कागजको टुक्राजस्तै भित्रबाट उछिट्टिएर लोग्नेको शवमाथि घोप्टो परेर रुँदै भन्न थाली–मेरो कृष्ण, मेरो प्राण...। ज्युँदो लोग्नेसँग सधंै डराउने त्यो बालिका मरेको बुढो लोग्नेलाई अँगालो हालेर चिच्याएर रोई । सायद उसले बल्ल लोग्नेको माया र अभावको सबैभन्दा धेरै महसुस गरी र सारा जिन्दगीमाथि प्रलयको बज्रपात परेझै केटाकेटी जस्तै रोहिरही ।
राति नै बद्रीको अन्त्येष्टि गरियो । अम्बाले विधिपूर्वक लोग्नेको काम सकाई । अब गाउँमा उसको छोरो अलच्छिना भनेर चर्चा भयो । छिमेकीका कुरा सुनेर उसलाई भित्र नराख्ने भई । डेढ महिने छोरो लिएर अम्बा राति पीडिमा सुत्ने भई । अम्बा दिनभरी रोएर दिन बिताउँथी । राति पीडिमा एक्लै सुत्न डराएर बाख्राको कटेरोमा गएर सुत्थी । एक दिन बुढीले नातीलाई नुहाउनेभन्दै उम्लिन लागेको पानीमा डुबाई । केटो मुर्छा प¥यो । अम्बाको मुटु चुडियो । उसले छोरालाई तानेर चिच्याउँदै छातीमा टासी । बेलुका छिमेकीबाट पोसीलो खाना आयो । त्यो साँझ केटोलाई दूध पिलाउँदै गर्दा ऊ भुसुक्क निदाई । त्यो खाना कुकुरले खायो । केही समयपछि कुकुर मुखभरी सेतो फिँज निकालेर म¥यो । भोलिपल्टदेखि अम्बा सासु र छिमेकीसँग डरले थरथर काँप्न थाली । कोही भन्थे–यो अलाच्छीना केटालाई मारीदिनुपर्छ । कोही भन्थे अम्बाका आमाछोरालाई गाउँबाट निकाल्नुपर्छ । तर, समाजका यी विषमय वचनको प्रतिवादमा अम्बाले बारम्बार रँदै भन्थी–जे गर्नुछ मलाई गर्नुस् । तर, बिन्ती छ मेरो छोरालाई केही नगर्नुस्, केही नभन्नुस् ।
यसै पनि लोग्ने मरेको घरमा बस्दा आईमाईलाई विरक्तबाहेक केही हुँदैन । अम्बा अब त्यो घरमा बस्न नसक्ने भई । छोराको मायाले भोलि सबेरै उसले गाउँ छोड्ने निधो गरी । मध्यरातिसम्म अम्बा निदाइन् । सुख र दुःख, हाँसो र आँशु, भाग्य र भविष्यबारे उसको मनमा लाखौं कुराहरू खेलिरहे ।, मरेर गएका बाबुआमा र लोग्ने सम्झनामा रातभरी आए । आँशुले सिरानी भिजाइसक्दा ऊ एक निन्द्रा सुतेर ब्युँझी । उसको धोतीको आधा भाग शीतले भिजेको थियो । आकाशतिर हेरी । पश्चिमको आकाशबाट उज्याला चन्द्रमाले धरतीलाई ढकमक्क पारेका थिए । ताराहरू रूखमाथि, पहाडमाथि आकाशभरी चम्किरहेका थिए । तल्लोघर माथ्लोघरमा भाले बास्न थाले । उसले बच्चाका थाङ्ना र आफ्ना एक सरो कपडा पोको पारी र उज्यालो हुन नपाउँदै गाउँबाट सधैंका लागि अलप भई ।
अम्बा शहर पुगी । दुई–चार दिन सडक पेटीमा माग्न बसी । चिनेकाले उसलाई देखे । अम्बालाई उसको दाइसँग भेटाइदिए । अम्बाको जेठो दाइ शहरको सुकुम्बासी बस्तीभित्र सानो टहरोमा बस्थ्यो । दाजुले अम्बालाई त्यही लग्यो । दाजुले अम्बालाई काम खोजिदियो । छोरालाई बोकेर अम्बा दिनभरी काम गर्थी । देउता हुर्किँदै गयो । अम्बा १८ वर्ष पुगी । ऊ झन्झन् राम्री हुँदै गई । एकदिन अम्बाको साहुले उसलाई चलचित्र खेल्न भन्यो । अम्बाले स्वीकारी । त्यस दिनदेखि दाजुको कटेरोमा नयाँ–नयाँ पुरुषहरू देखिन थाले । दाजुले अम्बाको उठीबास लगायो । त्यसपछि अहिलेसम्म आफ्नो कटेरोमा बसेको सबै भाडा असुलेर दाजुले अम्बालाई कटेरोबाट निकालिदियो ।
अम्बा अन्तै कोठा सरी । उसले होटलमा भाडा माझ्न थाली । अरूको घरमा काम गर्न थाली । अभावका कति भुमरीलाई उसले जिती । यसरी दिनहरू बित्दै गए । एकदिन अम्बाले अचानक विदेश जाने सोची । छोरालाई मितिनीको जिम्मा लाएर अम्बा विदेश गई ।
केही वर्षपछि अम्बा विदेशबाट फर्कँदा उसको छोरो देउता भारत पसेछ । विशाल भारतमा हराएको नौलो मान्छे सायद भेटिँदैन पनि । अम्बाले छोरालाई भेट्न पाइन । देख्न पाइन । फेरि उसको टाउकोमा अर्को बज्रपात प¥यो । फेरि ऊ एक्ली भई । संसारबाट एक्ली ।
जिन्दगीमाथि बज्रेका एकपछि अर्को बज्रपातले अम्बा बिच्छिप्त हुँदै गई । र पनि उसले सानो चिया पसल खोलेर छोराको प्रतिक्षा गरेर बसी । दिन बित्दै गए । अम्बलाई क्यान्सरले ढलायो । छोरो फर्केन । अम्बा ओछ्यानबाट उठ्न नसक्ने भई । पच्चीस वसन्त पार गर्न लाग्दा अम्बाले एउटा पुरानो घरमा अन्तिम स्वास लिँदै थिइ । ऊ बारम्बार गुनगुनाउँथी–बुढै भए पनि मेरो लोग्ने बाँचिदिएको भए यो अवस्थामा मलाई माया गथ्र्यो होला । साथमा छोरो भइदिएको भए पानी तताएर दिन्थ्यो होला । बेहोस्मा अम्बा बारम्बार आफ्नो हराएको छोरालाई देउता भनेर बोलाउँथी । हातले छाम्न खोज्थी तर पाउँदिनथी ।
वसन्त ऋतुको सुरुमै पृथ्वी निर्दयी भइन् । नेपालमा ठूलो भूकम्प गयो । आकाशमा काग र चराहरू चिच्याउँदै उडे । निमेशभरमा बिपत्तिको ताण्डब मच्चियो । भूकम्पले गाउँ शहरमा पुराना घरहरू ढालेर धमाधम मानिसहरू किच्न थाल्यो । एउटा पुरानो घरबाट अन्तिम आवाज निस्कियो देउता.........देउता....। त्यसपछि त्यो पुरानो घर लेखकको आँखैअघि ग¥ल्याम्म ढल्यो । आज वर्षौंपछि लेखकले कागजले आँशु पुछ्दै यो कथा लेखिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच