काठमाडाैं । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रश्ताव प्रश्तुत भएको छ ।
बुधवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकमा सो प्रश्ताव प्रश्तुत भएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो ।
उहाँकाअनुसार बैठकमा विभिन्न ११ वटा विषयवस्तुहरु प्रवेश भएका छन् । जसमा महासमितिको बैठकले विभिन्न प्रश्तावमा छलफल गरी प्रश्तावहरु केन्द्रिय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रिय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जन प्रश्ताव उपर छलफल गर्ने प्रश्ताव छ । उहाँले राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा कार्य सम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन गरेको बताउनु भयो । उहाँले भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रश्तावबारे पनि छलफल हुने बताउनु भयो । उहाँले अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले अनुशासन सम्बन्धी विषयमा भएका प्रगति विवरण प्रश्तुत गर्नुभएको पनि जानकारी दिनुभयो ।
उहाँले पार्टीका विभिन्न रिक्त पदहरुको पूर्ति गर्ने भन्ने बारेमा पनि छलफलको प्रश्तावको विषय बनेको बताउनु भयो । क्रियाशिल सदस्यताको नयाँ र नविकरणको विषयमा पनि बिहीवारको बैठकमा छलफल हुने बताउनु भयो । विदेशस्थित जनसम्पर्क समितिहरु विधान अनुकुल र त्यहाँको व्यवहारिकतालाई मध्यनजर राखेर के गर्न सकिन्छ भन्ने विषय पनि छलफलको विषय बनेको बताउनु भयो । पार्टीको विधानअनुसार नियमावली संशोधनको विषय पनि छलफलको लागि प्रवेश भएको र पार्टीको चुनावबाट निर्वाचित भइ जिम्मेवारी लिइसकेपछि काम र पार्टीको अपेक्षाअनुसार जनता र देशप्रति समर्पित भएर काम गर्ने सम्बन्धमा निर्देशिका प्रश्तावित भएको बताउनु भयो । मसामयिक राजनीति र अन्य गतिविधिका सन्दर्भमा पनि छलफल हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज छलफलको विषय वस्तुहरु प्रश्तुत भए । ११ वटा विषयवस्तुहरु प्रवेश भएको छ । जसमा महासमितिको बैठकले विभिन्न प्रश्तावमा छलफल गरेको थियो । ति प्रश्तावहरु केन्द्रिय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रिय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जन प्रश्ताव उपर छलफल हुन्छ । भोलिबाटै हुन्छ । राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा जुन कार्य सम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन भएको छ । भ्रातृ संगठनहरुको अधिवेशनका लागि जुन समय दिइएको र निर्देशक समिति समेत बनाउने पार्टीले निर्णय गरेको छ, त्यो छलफलको विषय रह्यो । सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रश्ताव पनि आज प्रवेश गरेको छ । अनुशासन समितिका संयोजक आनन्द ढुंगानाजीले अनुशासन सम्बन्धी विषयमा भएका प्रगति विवरण प्रश्तुत गर्नुभयो, त्यस सम्बन्धी निर्णय पनि लिनुपर्ने प्रश्ताव आएको छ । पार्टीका विभिन्न रिक्त पदहरुको पूर्ति गर्ने भन्ने बारेमा पनि छलफलको प्रश्तावको विषय छ । क्रियाशिल सदस्यताको नयाँ र नविकरणको विषय छ । पुरानो क्रियाशिल सदस्यताको कार्ड वितरण पूरा गर्ने विषय, क्रियाशिल सदस्यता नविकरण गर्ने विषय र नयाँ क्रियाशिल सदस्यता दिने विषयमा सर्कुलर जिल्लालाई पार्टीले गरिसकेको छ, त्यसलाई कार्यान्वयन गर्न आवश्यक पर्ने कामका विषयमा पनि छलफल प्रश्ताव आएको छ । विदेशस्थित जनसम्पर्क समितिहरु जो छन्, नेपाली काँग्रेससँग आवद्ध ति समितिका सन्दर्भमा पनि कसरी विधान अनुकुल र त्यहाँको व्यवहारिकतालाई मध्यनजर राखेर के गर्न सकिन्छ भन्ने विषय पनि छलफलको विषय छ । नियमावली संशोधन, पार्टीको विधानअनुसार नियमावली संशोधनको विषय पनि छलफलको लागि प्रवेश गरेको छ । पार्टीको चुनावमा जितेर जो आफ्नो जिम्मेवारीमा हुनुहुन्छ, उहाँहरुको लागि कार्यसम्पादन निर्देशिका पार्टीको तर्फबाट निर्वाचित भइ जिम्मेवारी लिइसकेपछि उहाँहरुले राम्रो काम र पार्टीको अपेक्षाअनुसार जनता र देशप्रति समर्पित भएर काम गर्ने सम्बन्धमा निर्देशिका प्रश्तावित भएको छ । समसामयिक राजनीति र अन्य गतिविधिका सन्दर्भमा पनि छलफल हुन्छ ।’
बैठक बिहीवार १ बजे बस्ने प्रवक्ता महतले जानकारी दिनुभयो । नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनामा परी चार जना चिनियाँ नागरिक र पाइलटसहित दुर्घटनामा परेकोबारे पार्टीले दुःख प्रकट गरेको बताउनु भयो । मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बंगलादेशमा भएको राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच