
नवलपरासी । पश्चिम नवलपरासीको रामग्रामबाट बिहिवार लागूऔषधसहित ४ जना पक्राउ परेका छन् ।
प्रहरीले पाएको गोप्य सूचनाका आधारमा रामग्राम नगरपालिका-२ कालिकाटोलस्थित मोहम्मद सरिफ कुरेशीको घरमा खानतलासी गर्दा लागूऔषध सेवन गरी लठ्ठिएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहोराले जानकारी दिनु भयो।
बोहोराका अनुसार पक्राउ पर्नेहरुमा सुनवल नगरपालिका वडा नम्बर १२ का २४ वर्षीय सन्दिप परियार, रूपन्देहीको देवदह नगरपालिका-७ बस्ने १९ वर्षीय राजन वि.क, रुपन्देहीको रोहिणी गाउँपालिका-६ का ईरशाद मियाँ र रामग्राम नगरपालिका-२ का मोहम्मद सरिफ कुरेशी परासीबाट पक्राउ परेका छन् । उनिहरुको साथबाट डाइजापाम २८ एम्पुल, फेनारगन २८ एम्पुल, बुप्रिनुर्फिन २७ एम्पुल र सिरिन्ज बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत नवलपरासीमा मुद्दा दायर गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच