‘जवाफदेहीता सहितको पत्रकारिता आजको आवश्यकता’

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । जवाफदेहीता सहितको पत्रकारीता आजको आवश्यकता रहेको संविधान सभा सदस्य बिक्रम खनालले बताउनु भएकाे ५ ।  पत्रकारिता समाजको ऎन भएको बताउदै उहाले समाजलाई मार्ग दर्शन गर्न र समाज अवस्थाको उजागर गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

बर्दघाट प्रेस क्लबले शनिबार आयोजना गरेको बर्दघाट नगरपालिकाको समग्र विकासमा सञ्चारको भूमिका विषयकमा सरोकारवालासँगकाे छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले समाजका सबै सरोकारवाला आफ्नो भूमिका र उत्तरदायीत्वमा प्रष्ट हुनु पर्ने बताउनु भयो ।

जनताको समस्य र गुनासो सुन्ने र जवाफ दिनु पर्ने जनप्रतिनिधिको दायित्व रहेको खनालले जोड दिनु भयो । "जननिर्वाचितहरु जनता प्रति उत्तरदायी नभएका कारण अहिलेको ब्यवस्था माथि प्रश्न नै उठिरहेको छ । आम सरोकारवालाले आफूले आफ्नो जिम्मेवारी पूरा नगर्ने, जवाफदेहि नहुने र अरुको पद र भुमिकाको मात्रै आलोचना गर्नु हुँदैन ।" खनालले भन्नु भयो ।

जनताका वास्ताविक समस्यालाई पत्रकारिताबाट उजागर गर्नु पर्ने लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठकले बताउनु भयो । पत्रकारिताले राज्य र जनताको दुरि कम गर्नु पर्ने बताउँदै उहाँले जनताका पीर मर्का, आकाङ्क्षा र विकासका विषयमा यथार्थ चित्रण गर्नु अहिले आवश्यकता रहेको पाठकले बताउनु भयो । " नहरको असमान सम्झौता तर्फ इन्कित गर्दै पाठकले राजनीतिक नेतृत्वले गरेको कमजोरीले नेपालको पानी भारतले ल्यौजाने सम्झौताका कारण नेपाली नहरमा पानी नभएको र नेपाली पानी भारतीय नहरबाट लगेर सिंचाइ गरीरहेको बताउँदै उहाँ भन्नुहुन्छ -" नेपाली नहरमा पानी नभएको र सिचाइ गर्न नपाउदा नेपाली किसानहरु पीडित हुनुभएको छ यो नेपालि किसानहरुको पिडा आम सञ्चार माध्यमबाट तपाईहरुले राज्यलाई झकझकाउन होला ।" पाठकले भन्नुभयो ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले पारदर्शीका सवालमा पत्रकारिताले थप ससक्त भएको कलम चलाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो । उहाले बर्दघाट नगरपालिका सुशासनयुक्त ढंगले आगडि बढेको बताउदै उहाले बर्दघाट नगरका कर्मचारी र जनप्रतिनिधिले पारदर्शीताका सबालमा कहिँ कतै चुकेको भए तुरुन्तै कार्वाही गर्ने बताउनु भयो । "काम गर्ने सिलसिलामा काम ढिलो भयो भन्ने गुनासो आएको छ । यसलाई तत्काल सुधार गर्छौ ।"  श्रेष्ठको भनाइ छ ।

बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय र प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बोल्दै नगरको समग्र बिकासमा पत्रकारीताले अग्रणी भुमिका खेल्नु पर्ने बताउनु भयो । "पत्रकारीताको बिकास बिना नगरको बिकास हुन सक्दैन त्यसैले पत्रकारीतामार्फत नगरका सबालहरुको उजागर गर्नु पर्दछ ।" उपप्रमुख उपाध्यायले भन्नूभयो ।

बर्दघाट नगरका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा राजनीति दलका प्रतिनिधिका लगायतको उपस्तिथिमा भएको कार्यक्रम बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालको अध्यक्ष रहेको कार्यक्रमको सञ्चालन कृष्ण थापा क्षेत्रीले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?