दार्चुला । पहिरोका कारण महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्ड अवरुद्ध भएको छ ।
बिहीबार परेको भीषण वर्षाका कारण उक्त सडक खण्डको कठपते नक्तड,पनेबाज र ऐरिछानासम्म पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
उक्त सडक खण्डमा चल्ने यातायात साधनहरु ठप्प भएका छन् । लोकमार्गको बिभिन्न स्थानमा पहिरो थुप्रिएको छ । अहिले जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका छन् ।
दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं आउने दिवा तथा रात्री सेवाका बसहरु सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका छन।
पटक–पटक पहिरोको कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दुरीका सवारी साधनहरुसमेत सञ्चालन हुन नसक्दा यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।
शुक्रबार बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको जेसीबी पहिरो सफाई गरिरहेको भए पनि पहिरो रहेका कारण एउटै मात्र जेसीबीले पहिरो सफा गर्न अझै केही समय लाग्ने सडक विभागका सुपरभाइजर राजेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच