काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयका पूर्वसचिवहरूसँग छलफल गर्नुभएको छ । मन्त्री अधिकारीले पूर्वसचिवहरूको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कृषि क्षेत्रमा विगत र अहिले देखिएका समस्या समाधान गर्दै कृषि मन्त्रालय र किसानबीचको खाडललाई पुर्ने आफ्नो प्रमुख उद्देश्य रहेको र त्यसका लागि पूर्वसचिवहरूको सुझाव महत्वपूर्ण हुने मन्त्री अधिकारीले बताउनुभयो ।
यस वर्ष किसानले विगतमा जस्तो मलको समस्या भोग्न नपरेको भन्दै उहाँले मलको दीर्घकालीन समस्या समाधानतर्फ लागेको जानकारी गराउनुभयो । किसानको दूधको रकम भुक्तानीमा देखिँदै आएको समस्यालाई आफूले गम्भीर रूपमा लिएको उल्लेख गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रमा रहेका समस्या समाधानका लागि कृषि ऐन समयानुकूल परिमार्जनका लागि कृषि विधेयकलाई चाँडै टुंगोमा पुर्याउन लागेको पनि बताउनुभयो ।
सो अवसरमा पूर्वसचिवहरूले नयाँ पुस्ता अनुकूल कृषिमा रूपान्तरण आवश्यक भएको, कृषिमा उपलब्ध अनुदानको मूल्यांकन आवश्यक भएको, तीनवटै तहका सरकारबीच समन्वय आवश्यक रहेको, बाँझो जग्गामा उब्जनी गराउने उपाय खोजिनुपर्ने, कृषिमा विकास साझेदारलाई आवश्यकताका आधारमा परिचालन गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच