काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको ध्यानाकर्षण गराउँदै प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
उक्त व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न आयोगले सात बुँदे सुझावसमेत दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । सम्पत्ति विवरण बुझाउनु पर्ने दायित्व सम्बन्धमा संघ, प्रदेश र स्थानीय तहले पर्याप्त जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आयोगको सुझाव छ ।
यस्तै, आयोगले राष्ट्रिय किताबखाना (निजामती, शिक्षक र प्रहरी), प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहले सम्पत्ति विवरणका बन्दी खामहरूको व्यवस्थापन र संरक्षण गर्न पनि सुझाव दिएको छ ।
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
यस्तै, आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरूमध्ये प्रतिवादी भरतबहादुर बुढथापा रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
अख्तियारले जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका-१४ स्थित चंखेली हिमालदेखि दुधताल सातदहसम्मको पर्यटकीय सडक निर्माणमा बदनियतपूर्वक योजनाको सम्झौतामा निर्धारित शर्त तथा मापदण्ड विपरित झुट्टा कागजातहरू निर्माण गरी, भएको वास्तविक कामभन्दा बढी काम गरेको भनी झुट्टा नापी किताब, मूल्यांकन बिल, उपभोक्ता समितिको बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई रकम भुक्तानी लिने/दिने कार्य गरी नेपाल सरकारलाई २० लाख ४८ हजार ४०३ रुपैयाँ ५४ पैसा गैरकानुनी हानिनोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
डिभिजन वन कार्यालय, मुगुमा कार्यरत डिभिजन वन अधिकृत भरतबहादुर बुढथापा, सबइन्जिनियर गोरसिंह बढुवाल र असिस्टेन्ट सब-इन्जिनियर हिमालकुमार मल्लका साथै चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, सचिव लक्ष्मण बुढा र कोषाध्यक्ष चौरसिला बुढाविरुद्ध मुद्दा दायर भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच