काठमाडौं । चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को सिनेमाघरमा आउने मिति तय गरिएको छ । साउन २५ गतेदेखि छायांकनमा गएको यो चलचत्रको वितरक कम्पनी ऋच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले माघको ११ गतेदेखि चलचित्र सिनेमाघमा ल्याउने बताउनुभयो । ‘हामीले निर्माता र प्रदर्शकसँग सल्लाह गरेर चलचित्रको प्रदर्शन मिति माघको ११ गतेलाई पक्का गरेका हौं,’ करणले भन्नुभयो ।
दीपेन्द्र के खनालको निर्देशनमा बुद्धि सागरको कथा रहेको यो चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायत कलाकारको अभिनय छ ।
चलचित्र सामाजिक बिषयवस्तुलाई रोचक तरिकाले भनिने निर्देशक खनाल बताउनुहुन्छ । कृष्णबहादुर थापाको छायांकन रहेको यो चलचित्र ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भइरहेको छ । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुनुहुन्छ भने सहनिर्माता ओमप्रकाश अग्रवाल र महेश किजु रहनुभएको छ । ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ । चलचित्रलाई काठमाडौंमा ऋच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच