
मुगु । समुदायको संलग्नतामा मुगु कर्णाली नदीको जलचर तथा जैविक विविधताको संरक्षण परियोजनाअन्तर्गत युएसआइडी जल जंगल परियोजना लागू भएको छ । युएसआइडी जल जंगलको आर्थिक र हिरिसडेक नेपालको प्राविधिक सहयोगमा मुगु कर्णाली नदीभित्र रहेका जलचर तथा जैविक विविधता संरक्षणका लागि जिल्लाका तीन स्थानीय तहमा यो कार्यक्रम लागू भएको हो ।
समुदायमा आधारित जलचर र जैविक विविधता संरक्षणका लागि मुगु कर्णाली वारिपारि बसोबास गर्ने समुदायको क्षमतामा सुधार गर्न सामुदायिक जलचर संरक्षण समूह गठन र उनीहरूको दर्ताका लागि कानुनी तयारी पूरा गर्दै मुगु कर्णालीमा रहेका जलचर र जैविक विविधता संरक्षणका लागि समुदायहरू परिचालन र संगठित हुनका लागि युएसआइडी जल जंगलको आर्थिक र हिरिसडेक नेपालको प्राविधिक सहयोगमा यो परियोजना लागू भएको परियोजना अधिकृत मेरिना राना मगरले जानकारी दिनुभयो ।
हिरिसडेक नेपालका कार्यकारी अधिकृत शिवचन्द्र कार्कीका अनुसार यो कार्यक्रम जिल्लाका छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ र सोरु गाउँपालिकाको मुगु कर्णाली वारिपारि रहेका १२ समुदायमा मंसिरसम्म लागू हुनेछ ।
पालिकास्तरमा जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन र वातावरण संरक्षण विधेयक तयारी गर्नका लागि सम्बन्धित पालिकालाई सहजीकरण गर्ने, वातावरणीय अपराधलाई रोकेर प्राकृतिक स्रोतहरूको सुरक्षा गर्दै रारा राष्ट्रिय निकुञ्जभित्रको फोहोर व्यवस्थापन गर्न रारा आउने आगन्तुकहरूले फालेका फोहोरको अडिट प्रणालीलाई दिगोपन गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको कार्यकारी निर्देशक कार्कीले बताउनुभयो ।
बिहीबार परियोजना शुभारम्भ कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जल र जंगल प्राणीका लागि नभइनहुने कुरा भएको र कार्यक्रम कार्यान्वयन गर्दा जल, जंगलसम्बन्धी संघीय र प्रदेश कानुनसँग स्थानीय कानुन नबाझ्ने गरी तिनै तहका सरकारका कानुनभित्र रहेर कार्यसम्पादन गर्न सुझाव दिनुभयो ।
डिभिजन वन कार्यालयका प्रमुख अमर शाह, रारा राष्ट्रिय निकुञ्ज निमित्त कार्यालय प्रमुख जयहरि धिताल र सशस्त्र प्रहरी नं. १४ गुल्मका प्रहरी नायब निरीक्षक नवराजविक्रम कुँवरले परियोजनाअन्तर्गत गाउँ-गाउँमा नयाँ समूह गठन गर्नुभन्दा साबिकका वन उपभोक्ता समिति, मध्यवर्ती समिति र चोरी शिकारी नियन्त्रण समूहहरूलाई नै परिचालन गर्दा छोटो समयमा नै उद्देश्य अनुरूपको परिणाम प्राप्त गर्न सकिने सुझाव दिनुभयो ।
पछिल्लो समय वन, नदी अतिक्रमणले भू-क्षय हुँदा बाढी पहिरो आई जलचर तथा थलचरहरूका बासस्थान पुरिँदै र छोपिँदै जाँदा केही जल तथा थलचरहरू लोपोन्मुख अवस्थामा पुगेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच