
काठमाडौं । चलचित्र ‘कंगारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ । चलचित्रका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो चलचित्रमा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसक्नुभएको छ । चलचित्र राजिभ गुरुङ ‘दीपक मनांगे’को प्रस्तुतिमा निर्माण हुन लागेको हो ।
३५ दिनको छायांकन सेड्युल तय गरिएको चलचित्रको छायांकन अष्ट्रेलियाको सिड्नी, न्युकासल, क्यानबेरा लगायतका क्षेत्रमा गरिने निर्देशक बस्नेतले जानकारी गराउनुभयो । चलचित्र ‘कंगारु’मा केही फरक कथा भन्न मन लागेको निर्देशक बस्नेतको भनाइ छ । ‘स्क्रिप्टमा मात्र दुई वर्ष समय लगाइयो, केही फरक कथा भन्न मन लागेको छ, कंगारुका लागि हामीले घोषणा गरेर पनि समय लगाएका छौं । यसपटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउनुहुनेछ,’ उहाँले भन्नुभयो ।
चलचित्र फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मसँग एसजिटी प्रोडक्सन प्रालिको सहकार्यमा निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धनबहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रूपमा रहनुभएको छ ।
चलचित्रको सह-निर्मातामा अञ्जन दुरा र लक्ष्मी राई हुनुहुन्छ भने कार्यकारी निर्माता टीका भण्डारी रहनुभएको छ । लाइन प्रोड्युसरमा सविन ज्ञावली (अष्ट्रेलिया) रहनुभएको चलचित्र निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । सीमा गुरुङको कथा रहेका चलचित्रको छायांकार सुशन प्रजापति र प्रोडक्सन डिजाइनर दिलीप पन्त हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच