✍️ तीर्थ सिग्देल
साहित्य क्षेत्रको कठिन विधा मानिने उपन्यास लेखनमा दोस्रो पटक उदाएकी लेखक हुन् क्रान्ति पराजुली । उनको दोस्रो उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ भर्खरै बजारमा आएको छ । झापा चारपाने निवासी उनी २०७६ सालमा पहिलो उपन्यास ‘डिलको डोब’लिएर नेपाली लेखन क्षेत्रमा उदाएकी हुन् । त्यसयता उनको लेखन कार्य निरन्तर छ । ‘प्रिय स्वप्नद्रष्टा’ क्रान्तिचेत बोकेको उपन्यास हो । लेखककै नामजस्तै उपन्यासका पात्रहरूले गर्ने कुराकानीले क्रान्तिको उद्घोषमात्र गर्दैन, परिवर्तनका लागि बलिदानी संघर्षको विजारोपण पनि गरेको छ ।
जनताले समृद्ध देश बनाउन गरेका संघर्षका कथाहरू र गाथाहरूको चित्रण गरेका छन्, प्रिय स्वप्नद्रष्टामा पात्रहरूले । ती स्वप्नद्रष्टाहरूले देखेको देश र आँखामा समृद्ध देश बोकेर शहीद भएकाहरूको सपना कति पूरा भए त ? कि अझै पनि देशले बलिदान मागिरहेको छ ?
नेपाली जनताले समृद्ध देश बनाउन गरेका संघर्षका कथाहरू र गाथाहरूको चित्रण गरेका छन्, प्रिय स्वप्नद्रष्टामा पात्रहरूले । ती स्वप्नद्रष्टाहरूले देखेको देश र आँखामा समृद्ध देश बोकेर शहीद भएकाहरूको सपना कति पूरा भए त ? कि अझै पनि देशले बलिदान मागिरहेको छ ? उपन्यासको मुख्य पात्र पोषित क्रान्तिचेत भएको युवक हो र ऊ राजनीतिक व्यवस्था परिवर्तनको कुरा गर्छ अनि देशको बेथितिविरुद्ध हरपल बिद्रोह बोल्छ । अनि उनै पोषितकी प्रेमिका डिपोषा उनका तर्कमा बल प्रदान गर्छिन् ।
लेखन क्षेत्रमा महिला पात्रलाई कमजोर र निरिहरूपमा प्रस्तुत गर्ने परम्परा छ । तर यो उपन्यासमा फरक शैली अपनाइएको छ, जहाँ उनै डिपोषाको त्याग, समर्पण र संघर्षप्रतिको अभिलाषाले नयाँ सन्देश दिन खोजेको छ । प्रायः लेखनमा माया प्रेमको कथा हुन्छ । पात्रमार्फत प्रेमभाव दर्शाउनु र उनीहरू बीचको संवादमा माया, प्रेम, करुणा देखाउनु पुरानै शैली हो तर यसमा त्यो भन्दा अलग तरिका अपनाइएको छ, जहाँ अव्यक्त भाव छ । एक प्रकारको मनोनेट शैली छ । मनोवैज्ञानिक लेखनको प्रयोग गरिएको छ । अझ भनौं, राजनीतिक व्यवस्था परिवर्तनको एजेण्डा बोकेर अगाडि बढ्नेहरू माथि राज्य व्यवस्थाले जहिल्यै पनि गिद्दे नजरले हेर्छ । आजसम्म पनि नयाँ व्यवस्था लागू नहुनुको कारण भ्रष्ट नेतृत्वका कारण हो । यो उपन्यासले यस्ता विषयमा मिहिन तर्कना गरेको छ । यो शैली अलिक पुरानै हो तर यसलाई नयाँ रुपरंग दिने तरिका गजबको छ । जस्तो कि नेपालमा राजनीतिक विषय बनाएर धेरै कथा, निबन्ध, उपन्यास लेखिएका छन् तर प्रिय स्वप्नद्रष्टामा राजनीति र प्रेमलाई सँगसँगै लगिएको छ ।
लेखनको विषयका आधारमा हेर्दा प्रेम र राजनीतिबीचमा धेरै अन्तर देखिन्छ । तर, यो उपन्यासमा दुवै विषयलाई एकसाथ प्रस्तुत गरिएको छ । परिवर्तनको चाहना र प्रेमको भावना भेटिन्छ किताबमा । यो कसरी सम्भव भयो ? नेपाली लेखनशैलीका आधारमा हेर्दा यो कहाँनेर छ ? लेखक क्रान्ति पराजुलीको स्वकथन छ, यो उपन्यास प्रेमको प्राप्ति वा अप्राप्तिसँग मात्र सम्बन्धित छैन । प्रेम त अजर, अमर र कालजयी रूपमा स्मृतिको बगैँचाभरि पेटुनिया, नीलकमल र गोदावरी भएर फुलिरहन्छ । पोषितजस्ता क्रान्ति, परिवर्तन र समृद्धिको सपना देख्ने मान्छेहरू राज्यको नजरमा आतंककारी करार हुन्छन् किनभने राज्य व्यवस्थाका ठेकेदारहरू आफ्नो विकल्प खोज्न आफैं तयार हुँदैनन् । न उनीहरू आफू परिवर्तन हुन्छन्, न जनताको त्यो चाहना पूरा गर्न लाग्छन् । यो आजको विश्व राजनीतिको समस्या हो, जहाँ नयाँ विचार हुर्काउन कोही न कोही त मरिरहेकै छ । अनि देशलाई प्रयोगशाला बनाएर आफ्नो सत्ता टिकाउन लाग्नेहरू उपन्यासका पात्र मुक्तिजस्ता देशभक्तलाई सिध्याउन लाग्छन् ।
देश समृद्ध हुनका लागि व्यक्ति, व्यवस्था र जनताको अहम् भूमिका हुन्छ । तर, त्यो भन्दा बढी पथप्रदर्शकको ठूलो खाँचो पर्छ । जसले समयको तालमा आफ्ना कदम चाल्न सकुन् । त्यो गन्तव्य पहिल्याएर हिँड्न कठिन हुन्छ तर यस उपन्यासमा त्यस्तो एउटा निर्विकल्प नेतृत्वको कल्पना गरिएको छ जसले अरूलाई सही बाटो देखाउन सकोस् । सत्य, निष्ठा, समर्पण, साधना, अनुभव र निरन्तर प्रयासबाट मात्र एक असल नेतृत्व जन्मेको हुन्छ ।
देश समृद्ध हुनका लागि व्यक्ति, व्यवस्था र जनताको अहम् भूमिका हुन्छ । तर, त्यो भन्दा बढी पथप्रदर्शकको ठूलो खाँचो पर्छ । जसले समयको तालमा आफ्ना कदम चाल्न सकुन् । त्यो गन्तव्य पहिल्याएर हिँड्न कठिन हुन्छ तर यस उपन्यासमा त्यस्तो एउटा निर्बिकल्प नेतृत्वको कल्पना गरिएको छ जसले अरूलाई सही बाटो देखाउन सकोस् । सत्य, निष्ठा, समर्पण, साधना, अनुभव र निरन्तर प्रयासबाट मात्र एक असल नेतृत्व जन्मेको हुन्छ ।
यो उपन्यासको सार यही हो । न्यायका लागि निःस्वार्थ र निष्ठावान् भएर देशका सपना पूरा गर्नेक्रममा एक स्वप्नद्रष्टाले गरेको बलिदानलाई यस किताबले उद्बोधन गरेको छ । सामाजिक न्याय, नैतिक मूल्य ह्रास भएको यो समयमा एक कर्मयोगीले वर्तमान समाजको स्खलित सोचलाई थांग्रा लगाउनु यस उपन्यासको ध्येय हो । लेखक पराजुलीले लेखेकी छन्, यस उपन्यासमा प्रयुक्त पोषितको कथा पढेर थोरै मात्र युवा देशप्रति समर्पित भएको, न्यायकर्ताहरूले निष्पक्षरूपमा ग्याबल चलाउने प्रण गरे र निःस्वार्थ प्रेमको प्रेरणा लिन सकेभने म धन्य हुनेछु ।
उपन्यासकी प्रमुख पात्र न्यायमा समानताको विचार बोक्छिन् । उनका धेरैजसो विचारहरू न्यायसँग जोडिएर आएका छन् उपन्यासमा । खास गरेर गैरन्यायिक हत्याको विषयमा उपन्यासमा उठेका प्रश्नहरू उत्तिकै कडा छन् । तैपनि अन्यायले देशभक्तहरूका छातिमा बुट बजारिरहेको छ । यसरी कहिलेसम्म पोषितहरूको बलिदान माग्छ देशले ? कति मुक्तियोद्धा र क्रान्तिवीरहरू धीर भएर उभिनेछन् यो धरतीमा ? के अब पनि जनताको शासन आउँदैन त ? अझै कतिले देशका लागि बलिदान दिनुपर्ने हो ? यस्ता आमप्रश्न छोडेर क्रान्तिपछि देशलाई शान्तिको मार्गमा हिँडाउने चाहना बोकेकी डिपोषा चुनावमा होमिन्छिन् । अब देश समृद्धिको मार्गमा हिँड्न सक्ला ? क्रान्तिपछि शान्तिको अपेक्षा गर्नु र त्यसपछि विकास र समृद्धिको चाहना हुनु स्वाभाविकै हो तर त्यसका लागि हाम्रो नेतृत्व तयार छ ? यस्ता धेरै प्रश्न जन्माउँछ यो उपन्यासले । के डिपोषाले यही व्यवस्थाभित्र पसेर हिलोमा कमलको फूल फुलाउन सक्लिन् ? वा ती प्रश्नका उत्तर बाँकी नै रहन्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच