तिज गीत ‘बालेनको शहर २’ बजारमा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । नवलपरासीका गायक एवम् सर्जक भरत क्षेत्री र दिवस तिवारीले बालेनको शहर २ बजारमा ल्याएका छन् । कुमार के.सी. को निर्देशन र जुना कँडेलले निर्माण गरेको म्युजिक भिडियो क्षेत्रीले युट्युव मार्फत् बजारमा ल्याएका हुन् । महिलाहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरि क्षेत्रीले तिजको भाकामा गीत र भिडियो सार्वजनिक गरेका छन् ।

लोक तिज गीत बालेनको शहर २ मा शब्द संकलन दिवस तिवारी र लय भरत क्षेत्रीको रहेको छ । तिजमा विशेषगरी नारीका वेदनाहरु पोख्नु चाडपर्वका रुपमा लिइन्छ । तर क्षेत्रीको यो गीत नारीको वेदना भन्दा पनि मायाप्रेममा परेका जोडीसङ्ग जोडिएको देखिन्छ । गायक क्षेत्री भन्नुहुन्छ " बालेनको शहर २ मा जनताको अपेक्षित विकासलाई गीत मार्फत ब्यक्त गरिएको छ । बजार बिकास तर्फ लाग्यो भने सबैको चासो हुन्छ । यो गीतमा जोडीले बालेनको शहरको चासो राखेका छन ।"

भरत क्षेत्री, चिज गुरुङ, निर्जला गुरुङ र शुष्मा वि.सि. को आवाज रहेको गीतको एरेन्जर सुरज भुसालले गरेका छन । तिजको गीतले नेपाली मौलिकता बोक्न नसकेको स्वीकार्दै क्षेत्रीले दर्शक र श्रेस्ताको चाहाना अनुसार बालेरको शहर २ गीत बजारमा आएको बताए । " मैले केहि दिन अघि मौलिक गीत "छोरीलाई तिज" गीत बजारमा ल्याएको थिए । तर श्रेस्ताको चासो कम पाए । अहिले गित संगीतको बजार हेर्दा दर्शक र श्रेस्ताले नै मौलिकता भन्दा फरक खालका गीतहरु मन पराएको पाइयो ।"

नेपाली मौलिकता छुने केहि समय अघि "छोरीलाई तिज" भन्ने गीत देवी घर्ति, महेन्द्र रेग्मी र भरत क्षेत्रीले गाएको गित सार्वजनिक भएको थियो । त्यसबाट मौलिकताका नाउमा कलाकार घर न घाटको हुने अवस्था आएको क्षेत्रीको दाबी छ । "बजारमा मौलिकता जोगिने खालका गीत निकाल्ने कलाकारहरु मारमा परीरहेका छन् । मौलिकताका नाममा घर खेत देखी किड्नी बेच्न सकिएन ।" गायक क्षेत्रीले भने ।

क्षेत्रीका क्याप्टेन बा, तिज गित एक नम्बर, सुनचाँदी, काली बरिलै, छोरीलाई तिज, बालेनको शहर २ जस्ता गित चर्चामा रहेका छन । २०६१ सालदेखी लाइभ दोहोरीबाट साँगितीक यात्रा सुरु गरेका क्षेत्रीले करिव ३ दर्जन साँगीतिक कोसेली बजारमा ल्याइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?