
हेटौंडा । बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको निवासमा आगलागी भएको छ। हेटौंडा–९ लामसुरेस्थित निवासको माथिल्लो तलाको सभाहलमा बिजुलिको तार सट भई अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार आइतबार साझ ७स्४० को समयमा मन्त्री निवासमा आगलागी हुँदा इन्टरनेट ब्याट्री ४ थान,इन्भट व्याट्री पावर सप्लाइ बकस १ थान,वाइफाइ राउटर १ थान, कार्पेट,गलैँचा र जिप्सन १०/५ को क्षति भएको हो।
अन्य मानबीय क्षती नभएको र दमकल, नेपाल प्रहरीको सहयोगमा ७:५५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच