नयाँदिल्ली । भारतका पूर्वस्टार अलराउन्डर युवराज सिंह पाँच वर्षपछि इण्डियन प्रिमियर लिग (आइपिएल) मा फर्किने सम्भावना छ । तर, उहाँको भूमिकामा भने परिवर्तन आउनेछ । उहाँलाई दिल्ली क्यापिटल्सको प्रशिक्षक बनाउने चर्चा छ ।
स्पोर्ट्स स्टारले स्रोतलाई उद्धृत गर्दै दिल्ली फ्रान्चाइजीले युवराजलाई प्रशिक्षक बन्न सम्पर्क गरेको दाबी गरेको छ । हाल, वार्ता जारी छ । दिल्ली क्यापिटल्सका निवर्तमान प्रशिक्षक रिकी पोन्टिङले पनि यसतर्फ संकेत गर्नुभएको छ । उहाँले मुख्य प्रशिक्षकको भूमिकाका लागि पूर्वभारतीय क्रिकेटरको खोजी गरिरहेको बताउनुभयो ।
गत महिना युवराज गुजरात टाइटन्सको प्रशिक्षक बन्ने खबर आएको थियो । गुजरातका ब्याटिङ प्रशिक्षक ग्यारी कस्र्टन प्रशिक्षकको खोजीमा हुनुहुन्छ ।
अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले गत महिना दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिनुभएको थियो । उहाँ पछिल्लो सात सिजन दिल्ली क्यापिटल्ससँग आबद्ध हुनुहुन्थ्यो । दिल्लीको टोली पछिल्ला तीन सिजनमा प्लेअफमा पुग्न सकेको छैन ।
युवराजले सन् २००८ देखि २०१९ सम्म आइपिएल खेल्नुभएको थियो । सन् २०१९ को अन्तिम सिजनमा उहाँ मुम्बई इण्डियन्सको हिस्सा हुनुहुन्थ्यो । युवराजअघि दिल्ली क्यापिटल्सका क्रिकेट निर्देशक सौरभ गांगुली टोलीको मुख्य प्रशिक्षक हुने हल्ला चलेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच