काठमाडौं । लघुचलचित्र ‘होएर एम आई’को छायांकन सम्पन्न भएको छ । कलिउड हवको व्यानरमा निर्माण भइरहेको चलचित्र ‘होएर एमआई’को काठमाडौंका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको हो । चलचित्रमा राजन खरेलको छायांकन, लेखन तथा निर्देशन छ ।
पारिवारिक कथावस्तुमा आधारित चलचित्रले पछिल्लो समय आमा, बुवा र सन्तानहरूका बीचमा आईपर्ने समस्या तथा उल्झनहरुलाई देखाउन खोजिएको निर्देशक खरेलले जानकारी गराउनुभयो । चलचित्रमा राजु कार्की, सेमिना कोइराला, मनोज कार्की, सोनाम लामा, शम्भु भुजेल, लक्ष्मी तामाङ, मञ्जु सुवेदी, कुसल तामाङ, कारण कुमार, समीक्षा मगर, ललिता परियार, लक्सी तामाङ, निर्मला सुनारलागायतको अभिनय छ ।
मञ्जु सुवेदी एण्ड टिमको शृंगार तथा शैलस नेपाली सहायक छायांकारको रहेको यो चलचित्रको पोष्टप्रोडक्सन कार्य छिट्टै सम्पन्न गरिने खरेलले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच