काठमाडौं । आयात-निर्यात दुवै घटे पनि भन्सार राजस्व संकलन भने बढेको छ । चालु वर्षको साउनमा गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा राजस्व संकलन बढेको हो । विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ३४ अर्ब ६९ करोड ७९ लाख रुपैयाँ भन्सार महसुल संकलन भएको छ ।
जुन गत वर्षको तुलनामा दुई अर्ब ३६ करोड बढी हो । गत वर्षको साउनमा ३२ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ भन्सार महसुल संकलन भएको थियो । गत वर्षको साउनमा एक खर्ब २९ अर्ब २३ लाख रुपैयाँ बराबरको आयात हुँदा चालु आर्थिक वर्षको साउनमा एक खर्ब २८ करोड ३७ लाखको आयात भएको छ ।
चालु वर्षको पहिलो महिना सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोल, डिजेल, ग्याँसका साथै अनएसेम्बल मोटरसाइकल, गाडी, फलाम, सनफ्लावर तेललगायत रहेका छन् । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब २२ करोडको निर्यात भएको छ । गत वर्षको तुलनामा निर्यात नौ प्रतिशतले घटेको छ भने व्यापार घाटा एक खर्ब १६ अर्ब पुगेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार ३० गते अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पहिलो महिनामै राजस्व संकलन दर बढेको देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच