
काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोलाई लक्षित गर्दै सिजी मोटर्सले नेपाली बजारमा चारवटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ । सिजी मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ । यसपटकको नाडा आटो शोमा नेटा, एक्सपेङ, अवतार, एइओन, रिडारा र हिरो गरी सिजी मोटर्सका आठ स्टल रहेका छन् । सिजी मोटर्सले नाडा अटो शोमार्फत् नै नेपाली बजारमा अवतार ११ मोडल सार्वजनिक गरेको हो ।
अवतार विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी चांगन, टेक्नोलोजीमा अग्रणी कम्पनी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सिएटिएलको साझेदारीमा उत्पादित ब्राण्ड हो । अवतार ११ प्रिमियम सेग्मेन्टमा पर्ने एसयुभी हो । उक्त गाडीले एकपटकको चार्जमा छ सय ८० किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । अवतार ११ मा एक सय ९० किलोवाटको मोटर जडित छ भने ९० किलोवाट आवर र एक सय १६ किलोवाट आवरको ब्याट्री गरी नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
नाडा अटो शोको स्टल नम्बर जी १२ मा रहेको एक्सपेङ सिजी मोटर्सले सार्वजनिक गरेको अर्को ब्राण्ड हो । एक्सपेङको जी ६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले चार सय ३५ किलोमिटर माइलेज दिने बताइएको छ । एक सय ९० किलोवाटको मोटर र ६६ किलोवाटको ब्याट्री रहेको एक्सपेङ जी ६ ले दुई सय ५१ किलोवाटसम्मको डिसी फास्ट चार्ज सपोर्ट गर्छ भने १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न २० मिनेटमात्रै लाग्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच